arrow

भाजपालाई उत्तर प्रदेशमा बहुमत

logo
प्रकाशित २०७३ फागुन २८ शनिबार
amit-shah1-11032017071716-1000x0.jpeg
एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदी आवद्ध पार्टी भाजपाले भारतको उत्तर प्रदेशमा विजय हासिल गरेको छ ।  सत्तारुढ भारतीय जनता पार्टीले  ४ सय ३ सिट माध्ये ३ सय २३  सिटमा जित हासिल गरेको छ । भाजपा कुनै पनि राज्यमाअहिले सम्म यति ठूलो सफलता पाउन सकेको थिएन  । 
 
अहिले सम्मको नतिजाअनुसार भाजपाले ३ सय २३ सिट जितेको छ । भने समाजवादी पार्टी र कंग्रेस गठबन्धनले ५४ सिट जितेको छ । यसैगरी, बहुजन समाज पार्टीले १९ सिट जितेको छ । मुख्यमन्त्रीको लागि कुनै नेतालाई घोषणा नगरीए पनि भाजपाले उत्तर प्रदेशमा आफ्ना दाबेदार नेतालाई केन्द्रबाट झिकाउने सम्भावना रहेको बताइन्छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ