arrow

आर्थिक संकटलाई समाधान गर्न सामुदायिक महत्व आवश्यक छ : नेपाल

logo
प्रकाशित २०७३ फागुन २८ शनिबार
nepal_hetauda.jpeg
हेटौंडा । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आर्थिक संकट समाधानका लागि सामुदायिक र सहकारीलाई महत्व दिनुपर्नेमा जोड दिएका छन् । शनिबार विहान मकवानपुर सामुदायिक भीजन प्रालि तथा टिम टेलिभिजनको भवन उद्घाटन कार्यक्रममा बोल्दै नेता नेपालले विश्वका आर्थिक मन्दीलाई सामना गर्न पनि विश्वका मुलुकहरुले सामुदायिक क्षेत्रलाई महत्व दिनुपर्नेमा जोड दिएका हुन् । 
 
फरक प्रसंगमा नेता नेपालले सप्तरीमा सरकार पक्ष र मधेशी मोर्चाको कारणले दयनीय घटना घटेको भन्दै मधेशी मोर्चाले एमालेले मधेशमा कार्यक्रम नै गर्नु हुँदैन भन्नु प्रजातान्त्रिक व्यवस्थामा अप्रजातान्त्रिक विषय रहेको टिप्पणी गरे । एमाले कहिलै पनि मधेश विरोधी नरहेको र नहुने पनि भन्दै नेपालले एमालेको कार्यक्रमलाई विथोल्दै उही आफैंले आफैंलाई लोकतन्त्रको हिमायती ठान्छ भने त्यस्तालाई लोकतन्त्रले साथ दिन सक्दैन हामी साथ दिन सक्दैनौं । 
 
मेची महाकाली यात्राको क्रममा मकवानपुर पुगेका नेता नेपाल सहितको एमालेको उच्च नेतृत्वको टोली विस्तारै पोखराबाट पश्चिमतर्फ लागेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ