arrow

हारको पिडा र बर्षाको अवरोध बिच नेपाली क्रिकेट प्रेमीहरुको उत्साहजनक समर्थन

logo
प्रकाशित २०७३ फागुन २८ शनिबार
Nep_Kenya2.jpeg
काठमाडौं। केन्याविरुद्धको विश्व लिग क्रिकेट च्याम्पियनसिपमा नेपाल ५ विकेटले पराजित भएको छ। हारको पिडा र बर्षाको अवरोध बिच पनि नेपाली दर्शकहरुको क्रिकेट प्रेममा कुनै कमी देखिएको थिएन। आफ्नो घरेलु मैदानमा धेरैजसो सकरात्मक नतिजा निकाल्ने गरेको नेपाली टोलीले केन्या बिरुद्धको पहिलो खेलमा उत्साहाजनक प्रदर्शन गर्न सकेन तर दर्शकहरुको उत्साह र समर्थनमा कुनै कमी देखिएन। 
 
बर्षातले अवरुद्ध खेल ढिलो गरि शुरु भएको थियो। ५० ओभरको खेल ३६-३६ ओबरमा घटाएर खेलाईएको थियो। शनिवार बिहानदेखि उपत्यकामा मुसलधारे पानी परेको भए पनि दर्शकहरु ९ बजे अगावै मैदानमा प्रवेश गर्न शुरु गरिसकेका थिए। 
 
बर्षाको कुनै वास्ता नगरी दर्शकहरु आफ्नो टोलीलाई समर्थन गर्न त्रिभुवन वि्श्वविद्यालय क्रिकेट मैदान पुगेका थिए। मुखमा नेपालको झण्डा पेन्ट गर्नेदेखि राष्ट्रिय झण्डा बोकेर क्रिकेट हेर्न आएका दर्शकले पानी र घामको वास्ता नगरी एकोहोरो नेपाली टोलीको उत्साह बढाउने कार्य गरिरहेका देखिन्थे। 
 
नेपाली दर्शकहरुले केन्याली टोलीले देखाएको राम्रो क्षेत्ररक्षणको पनि ताली बजाएर उत्साह बढाईरहेका थिए। नेपाली दर्शकहरुले असली क्रिकेट प्रेमीको उदाहरण पेश गरेका थिए। 
 
बिच-बिचमा बर्षाले खेल अवरुद्ध हुँदा पनि छाता र बर्षाती ओढेर खेल पुन: शुरु हुने प्रतिक्षा गरेको देख्दै थाहा हुन्थ्यो नेपालीहरु क्रिकेट र आफ्नो टोलीलाई धेरै माया गर्छन्। 
 
नेपाली टोली पराजित भएतापनि दर्शकहरुले नेपाली टोलीका बिरुद्ध कुनै अभद्र बचन र ब्यवहार नदेखाउनुले क्रिकेट प्रतिको प्रेम दर्शाईरहेको थियो। हुनत: आईसीसीले नेपाल क्रिकेट प्रेमीहरुको मुलुक हो भनेर बारम्बार दोह्रयाउने गरेको छ। 
 
केन्या बिरुद्धको खेलमा नखेलेका नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का पानी बोकेर मैदान छिर्दा पुरै स्टेडियम 'पारस-पारस'को नामले गुञ्जायमान भएको थियो। पारस प्रतिकुल स्वास्थ्यको ाकरणले नखेल्दा दर्शकहरु निराश भए पनि आफ्नो टोलीलाई गर्ने समर्थनमा कुनै कमी देखिएको थिएन।  नेपाली क्रिकेट समर्थकहरुको आशा छ नेपालले सोमबार हुने दोस्रो खेलमा केन्यालाई पराजित गर्नेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ