arrow

इङलिश प्रिमियर लिगमा एभर्टन विजयी, स्वान्सी पराजित

logo
प्रकाशित २०७३ फागुन २९ आइतबार
afc-bournemouth.jpeg
गुडिसन पार्क । इङलिश प्रिमियर लिग फुटबलमा एभर्टनले सफलता हासिल गर्दा स्वान्सी सिटी भने पराजित भएको छ । शनिबार राति भएको खेलमा एभर्टनले घरेलु मैदानमा गुडिसन पार्कमा वेष्टब्रोमविच आल्बियनलाई ३–० ले हरायो । केभिन मिराल्लास, मोर्गान स्नेइडर्लिन र रोमलु लुकाकुले गोल गर्दै एभर्टनलाई जिताएका हुन् । 
 
स्वान्सी सिटी भने हल सिटीसंग २–१ ले पराजित भएको छ । हल सिटीले घरेलु मैदानमा विजय हासिल गर्दै लिग तालिकाको १८ औं स्थानमा उक्लने अवसर पाएको हो । यो जितले हल सिटी रेलिगेशन टार्न आतुर देखिएको छ । 
 
यता अर्को खेलमा एएफसी बर्नमाउथले वेष्टह्याम युनाइटेडलाई ३–२ ले हराएको छ । बर्नमाउथलाई जिताउने क्रममा जोसुवा किंगले ह्याट्रिक गरे । यसअघि दुई पेनाल्टी भने बर्नमाउथले गोल गर्न चुकेको थियो । त्यसमा किंगको प्रहार पनि थियो । त्यसतै बेनिक अल्फोब पनि गोल गर्न चुके । 
 
लिग अन्तर्गत आइतबार राति ९ः४५ बजे लिभरपुलले बर्नलेसंग खेल्दैछ । साउथह्याम्पटन र म्यानचेष्टर युनाइटेड तथा चेल्सी र वाटफोर्डबीचको खेल भने स्थगित भएको छ । 
 
लिगमा २७ खेलबाट ६६ अंकसहित चेल्सी शीर्ष स्थानमा छ भने दोस्रो स्थानको टोटनह्यामको ५६ अंक छ । 
Joshua King is clearly a confident player and he eventually left with the match ball after helping Bournemouth beat West Ham
Joshua King went from zero to hero for Bournemouth as he missed a penalty before going on to score a hat-trick
King celebrates after atoning for his earlier penalty miss by scoring the Bournemouth equaliser against West Ham
Andre Ayew thought he had earned West Ham a point when he levelled in the 84th minute but it was not to be for the visitors
Sofiane Feghouli presented the home side with their first penalty of the match when he tripped up Charlie Daniels
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ