arrow

भारतमा विधानसभा निर्वाचनमा मोदी हावी, कंग्रेसले छानबिन गर्ने

logo
प्रकाशित २०७३ फागुन २९ आइतबार
modi.jpeg
नयाँदिल्ली । भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले उल्लेख्य सफलता हासिल गरेको छ । उत्तराखण्ड र उत्तर प्रदेशमा बीजेपीले दुई तिहाइभन्दा बढी बहुमत प्राप्त गरेको छ ।
 
प्रमुख प्रतिपक्षी दल कंग्रेस आईलाई ठूलो झड्का लागेसंगै पार्टीको हारको बारेमा छानबिन गर्ने भएको छ । कंग्रेसले नसोचेको असफलता पाएको भन्दै कमीकमजोरीबारे गम्भीर समीक्षा गर्नेसमेत बताएको छ । 
 
पञ्जाब राज्यमा भने कंग्रेस आईको बहुमत आएको छ । गोवा र मणिपुरमा कडा प्रतिस्पर्धा भएको छ । यी दुई राज्यमा कसैको पनि बहुमत पुग्न सकेन ।
 
र बीजेपीले भने यी दुई राज्यमा पनि सरकार बनाउन पहल गर्ने जनाएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवले आफ्नो दल सपाको हार स्वीकार गर्दै राज्यपाल राम नाइकसमक्ष राजीनामा दिएका छन् ।
 
राज्यपालले उनको राजीनामा स्वीकार गर्दै नयाँ सरकार गठन नहुँदासम्म कार्यवाहक मुख्यमन्त्रीको काम गर्न निर्देशन दिएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ