arrow

स्पेनिश लिगमा बार्सिलोना र रियाल मड्रिड भिड्दै

logo
प्रकाशित २०७३ फागुन २९ आइतबार
real--madrid.jpeg
सान्टियागो बर्नाबेउ । स्पेनिश फुटबल लिग ला लिगामा आइतबार राति बार्सिलोना र रियाल मड्रिडले आ–आफ्नो खेल खेल्दैछन् । रियाल मड्रिडले रियाल डर्बी अन्तर्गत रियाल बेटिससंग खेल्दैछ ।
 
घरेलु मैदानमा रियालले जित हासिल गर्दै बार्सिलोनालाई दबाब दिन चाहन्छ । २५ खेलबाट ५९ अंकसहित रियाल मड्रिड दोस्रो स्थानमा छ । खेल राति १ः३० बजे हुँदैछ । 
 
एक खेल बढी खेलेको बार्सिलोना ६० अंकसहित शीर्ष स्थानमा छ । बार्सिलोनाले आइतबार राति ९ः०० बजे डेपोर्टिभो लाकोरुनासंग उसकै मैदानमा खेल्दैछ । 
 
अन्य खेलमा रियाल सोसिडाडले एथलेटिक बिलबाओसंग तथा भिल्लारियलले सेल्टाभिगोसंग खेल्दैछ ।
 
यसअघि शनिबार राति भएको खेलमा एथलेटिको मड्रिडले ग्रानाडालाई १–० ले हरायो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ