arrow

हनिमुन पिरियडमै पार्टी छाड्ने लोहनीलाई प्रश्न, 'छाता बोक्नेलाई ५ वर्षमै हलोको मोह किन ?'

logo
प्रकाशित २०७३ फागुन २९ आइतबार
prakash-chandra-lohani.jpeg
काठमाडौं । राष्ट्रि प्रजातन्त्र पार्टीका वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीले पार्टी परित्याग गरेको घोषणा गरेसँगै राप्रपा भित्र नयाँ तरंग सुरु भएको छ । नौ बुँदे सहमती गर्दै पार्टीलाई एकीकृतरुपमा अघि बढाएर केही वर्ष भित्रै देशको पहिलो पार्टी बन्ने उद्घोषका साथ गत फागुन ६ गते एकीकरण भएको राप्रपाबाट एक महिना पनि नबित्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । 
 
आन्तरिक रुपमा विवाद बढ्दै गएपछि लोहनीले पार्टी परित्याग गरेको राप्रपा निकट स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार चुनाव चिह्न गाई राख्ने कि हलो राख्ने भन्ने सवालमा राप्रपाभित्र लामो समयदेखि थापा पक्ष र लोहनी पक्षबीच विवाद थियो । लोहनी पक्षले हलोको मोह देखाएको थियो भने थापा पक्षले गाईको मोह देखाएको थियो । तर पार्टीको केन्द्रीय समितिको बैठकले चुनाव चिह्न गाई नै राख्ने प्रस्तावमा सर्वसम्मत पारित भएपछि चुनाव चिह्न गाई नै राखिने भएको हो । 
 
उता, राप्रपाका जिम्मेवार नेताहरुले भने लोहनीको आलोचना गर्दै उनले कार्यकर्ताको भावना विपरित कदम चालेको आरोप लगाएका छन् । राप्रपाका नेता मोहन श्रेष्ठले त्यस्तो जिम्मेवार व्यक्तिको गैरजिम्मेवार कदमले राप्रपाका कार्यकर्ताहरुको भावनामाथि गम्भीर चोट पुगेको टिप्पणी गरे । २०६० देखि २०६८ सालसम्म छाता बोकेर हिँडेका लोहनीलाई अहिले ५ वर्षकै समयावधिमा हलोप्रति किन यस्तो मोह बढ्यो भन्ने विषयमा आफूलाई जानकारी नभएको भन्दै लोहनीले केन्द्रीय समितिको निर्णयलाई समेत सम्मान गर्न नसकेको आरोप लगाए । 
 
नौ बुँदे सहमतिमा पार्टीको बैचारिक कुराहरु र झण्डा महाधिवेशनबाट पारित भए अनुरुप हुने भनेर सहमति गरिएको भन्दै लोहनीले भनेझै हलोराख्ने सहमति नभएको स्पष्ट पारे । उनले सर्वसम्मत निर्णयबाट गाई राख्ने प्रस्ताव पारित हुँदा नोट अफ डिसेन्ट समेत नराखेका लोहनीले हनिमुन पिरियड पनि नसकिँदै पार्टी परित्यागको घोषणा गर्नु दुखद् रहेको श्रेष्ठले प्रतिक्रिया दिए ।   
 
लोहनीले आईतबार नै कमलथापालाई पत्र लेख्दै आफू पार्टीमा नरहेको जानकारी गराएको भनेका छन् । आईतबार नै रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलनको आयोजना गरी उनले पार्टीपरित्यागको घोषणा गर्ने तयारी गरिरहेको उनी निकट स्रोतले जानकारी दिएको । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ