arrow

तीर्थयात्री चढेको मिनी ट्रक दुर्घटना हुँदा नौ घाइते

logo
प्रकाशित २०७३ फागुन ३० सोमबार
accident-final.jpeg
त्रिशूली । नुवाकोटको देउरालीमा तीर्थयात्री चढेको बा ४ ख ४०५७ नं को मिनी ट्रक दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । घाइतेमध्ये छ जनाको अवस्था गम्भीर छ । धादिङको समेजोङमा फागुपूर्णिमा मेलामा सहभागी भएर घर फर्कदै गरेका तीर्थयात्री चढेको मिनीट्रक दुर्घटनामा परेको हो । 
 
गम्भीर घाइते भएका देउराली–२ का सुनिता तामाङ, सन्तोष तामाङ, देउराली–४ का छिरिङ तामाङ, देउराली–५ का अञ्जली तामाङ, बुङताङ–२ का सरिता तामाङ र सीता तामाङलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल त्रिशूलीमा ल्याइएको छ । 
 
सामान्य घाइते तीन जनाको देउराली प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ