arrow

केन्या संघर्षपूर्ण ब्याटिङ गर्दै ४० ओभर खेल्दा ५ विकेट गुमाएर १३१ रनमात्र

logo
प्रकाशित २०७३ फागुन ३० सोमबार
nepvken6.jpeg
काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा केन्यासंग दोस्रो खेल खेलिरहेको छ । नेपालले टस जितेर पहिले फिल्डिङ गर्दै उत्कृष्ट सुरुवात गर्ने क्रममा १४ रन दिंदा २ विकेट लिए पनि त्यसपछि भने विकेट लिन संघर्ष गर्नुपर्यो ।
 
तेस्रो विकेट लिन भने निकै सकस भयो । इर्फान करिम र कोलिन्स ओबुयाले ठोस साझेदारी गरे । तेस्रो विकेटका लागि दुवैबीच ७९ रनको साझेदारी भएको छ । ओयुवा ४८ रनमा आउट भए । साझेदारी तोड्न अष्ट्रेलियामा अनुभव लिन सफल सन्दीप लामिछाने सफल भएका हुन् ।
 
त्यस्तै शरद भेषवाकरले चौथो विकेट लिए । शरदले इर्फान करिमको विकेट लिएका हुन् । इर्फान ३८ रन बनाएर आउट भएका हुन् । 
 
त्यस्तै नेपाललाई पाँचौं विकेट बसन्त रेग्मीले दिलाए । कप्तान राकेप पटेललाई बसन्तले २१ रनमा आउट गरेका हुन् । सोमपाल कामीले उत्कृष्ट क्याच गरेका हुन् । 
 
पहिलो स्पेलमा मेहबुब आलमले भने उत्कृष्ट बलिङ गरेका छन् । मेहबुबले ७ ओभरमा ९ रन खर्चेर ५ मेडन राख्दै २ विकेट लिए । 
 
केन्याले संघर्षपूर्ण खेल्ने क्रममा ४० ओभर खेल्दा रन १३१ जोड्ने क्रममा ५ विकेट गुमाएको छ ।  
 
पारस खड्का दोस्रो खेलमा पनि बाहिरै रहनु परेको छ । 
 
पहिलो खेलमा गत शनिबार पराजय भोगेको नेपालका लागि वर्षा नै हारको कारक बनेको थियो ।
 
तर यो खेलमा भने विजय हासिल गर्ने मुख्य प्रशिक्षक जगत टमाटाको दावी छ । उनले पहिलो खेलमा भएको कमजोरी सुधार्दै खेल आफ्नो पक्षमा पार्ने बताए । उनले भने, ‘हाम्रो कमजोरी ब्याटिङमा हो, आजको खेलमा सुधार गर्छौं ।’
 
नेपालले यो खेलमा केन्यासंग पराजय बेहोरे ८ टीम सहभागी च्याम्पियनसिपको शीर्ष चारभित्र परेर आगामी विश्वकप एक दिवसीयको छनोट खेल्ने सम्भावना लगभग सकिने छ । 
 
एक दिवसीय विश्वकपको अनुभवी केन्यालाई हराउन सके नेपालले फड्कोमात्र मार्नेछैन विश्वकप छनोटको सम्भावनालाई जिवितै राख्नेछ । 
 
केन्या १० अंकसहित पाँचौं स्थानमा छ भने ६ अंकको नेपाल छैटौं स्थानमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ