arrow

नेपालको उत्कृष्ट बलिङ, केन्या १५५ रनमै समेटियो, शरदलाई ४ विकेट

नेपालले लिएका विकेट विवरण यस्तो छ

logo
प्रकाशित २०७३ फागुन ३० सोमबार
nepvken9.jpeg
काठमाडौं । आइसीसी वल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्या विरुद्धको दोस्रो खेलमा नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गरेको छ । नेपालले केन्यालाई १५५ रनमै रोक्ने क्रममा ४६.१ ओभरमा अलआउट गरेको थियो ।
 
कीर्तिपुरस्थित त्रिविविको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाललाई सफलता दिलाउने क्रममा पार्टटाइम बलिङ गर्दै आएका शरद भेषवाकरले ४ विकेट लिए भने मेहबुब आलमले चामत्कारिक शैलीमा रोमाञ्चक शैलीमा २ विकेट लिए ।
 
त्यस्तै बसन्त रेग्मीले पनि २ विकेट लिँदा सन्दीप लामिछाने र सागर पुनले १–१ विकेट झारे ।
 
नेपालले लिएका विकेट विवरण यस्तो छ–
पहिलो– मेहबुब आलमले एलेक्स ओबान्डालाई व्यक्तिगत ९ रनमा आउट गरे ।
दोस्रो– मेहबुब आलमले एकै ओभरमा दुई विकेट लिने क्रममा धिरेन गोन्दारियालाई रनको खाता खोल्न नदिइ बोल्ड गरे । 
तेस्रो – कोलिन्स ओबुया व्यक्तिगत ४८ रनमा आउट हुने क्रममा सन्दीप लामिछानेको शिकार भए । विनोद भण्डारीले स्टपिङ गरेका थिए ।
चौथो –इर्फान करिम ३८ रनमा शरद भेषवाकरको शिकार भए । सागर पुनले क्याच गरे । 
पाँचौं – कप्तान राकेप पटेललाई २१ रनमा बसन्त रेग्मीले आउट गरे । सोमपाल कामीले क्याच गरे । 
छैटौं –१३१ रनको योगफल हुँदा गुरदिप सिंहलाई सागर पुनले २ रनमा आउट गरे । 
सातौं – शरद भेषवाकरले करन कौललाई आउट गरे । कौललाई १४ रनमा पभेलियन फर्काउने क्रममा शरदले बोल्ड गरेका हुन् । 
आठौं– शरद भेषवाकरले लगातार दोस्रो विकेट लिने क्रममा शेम एनगोचेलाई एलबीडब्लु डकआउट गरे । 
नवौं– बसन्त रेग्मीले नेल्सन ओदिआम्बोलाई रनको खाता खोल्न नपाइ आउट गरे । 
दशौं –शरद भेषवाकरले इनिङको चौथो तथा सर्वाधिक विकेट लिने क्रममा एलिजा ओटिएनोलाई बोल्ड आउट गरे । 
 
शरदले ७.१ ओभरमा २८ रन खर्चेर ४ विकेट लिए । 
मेहबुब आलमले ७ ओभरमा ५ मेडन राख्दै ११ रन खर्चेर २ विकेट लिए । 
बसन्त रेग्मीले ८ ओभरमा १ मेडन राख्दै २४ रन खर्चेर २ विकेट लिए । 
सागर पुनले ७ ओभरमा १९ रन खर्चेर १ विकेट लिए ।
सन्दीप लामिछानेले १० ओभरमा ३५ रन खर्चेर १ विकेट लिए ।
सोमपाल कामी र शक्ति गौचनले विकेट लिन सकेनन् । 
केन्याले पहिलो खेलमा नेपाललाई ५ विकेटले हराएको थियो ।
८ टोली सहभागी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा पाँचौं स्थानको केन्याको १० अंक छ भने छैटौं स्थानको नेपालको ६ अंक छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ