arrow

एसएसबीको कुटाईले गम्भीर भएका अर्का युवा भेटिए, उपचारमा समस्या

गौतमको निधनको चर्चाले छायाँमा परेका थिए चापागाईँ

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७३ फागुन ३० सोमबार
kanchanpur_aa.jpeg
पुनर्बास । आर्थिक  अभावमा कञ्चनपुरको पुनर्बास स्थित आनन्दबजारमा गएको बिहीबार भारतीय एसएसबीको कुटाइबाट गम्भीर घाइते भएका बेलौरी नगरपालिका ६ शान्तिपुरका टीकाराम चापागाईको उपचारमा समस्या देखिएको छ । आनन्दबजार स्थित सीमा क्षेत्रमा बिहीबार भएको झडपमा एसएसबीको लाठी चार्ज ढुंगामुढाबाट गम्भीर बनेका चापागाईंको टाउको,छाती, ढाड र खुट्टामा गहिरो घाउ लागेको छ । घाइते चापागाईको नेपालगञ्ज चार बाहिनी स्थित वेष्टरर्न अस्पतालमा उपचार भइरहेको छ । 
 
आर्थिक अबस्था कमजोर रहेका चापागाईँको उपचार खर्च जुटाउन नसक्ने भएपछि समस्या थपिएको घाइते चापागाईको कुरुवा बसेका उनका भान्जा दिनेश शर्माले बताए । घरको आर्थिक अबस्थाले उपचार खर्च जुटाउन नसकिएको र सरकारबाट कुनै राहत नपाउँदा पीडितलाई आर्थिक पीडा थपिएको उनले बताए । 
 
नेपाली बस्तीमा भारतीय नागरिक सहित पसेर आतंक मच्चाउँदै गरेका एसएसबीका विरुद्ध नेपाली जनताले बिहीबार गरेको प्रतिकारका क्रममा भारतीय प्रहरीको गोली प्रहारबाट गोबिन्द गौतमको ज्यान गएको थियो भने चापागाईँ गम्भीर घाइते भएका थिए । अहिले उनको अवस्था सामान्य रहे पनि ३/४ महिनासम्म उनको उपचार गर्नु पर्ने चिकित्सकले बताए पछि आर्थिक अभाव देखिएको हो । 
 
बिहीबार पुनर्बासको आनन्दबजारमा एसएसबीसँग भएको झडपमा परी घाइते भएकाको बिबरण नपाउँदा राहत उपचारमा केही गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले बताए ।घाइतेहरूको प्रहरी विवरण आएपछि सोको रेकर्ड केन्द्रमा पठाइने तत्कालका लागि उपचारका लागि १५ हजार उपलब्ध गराइदिन पुनर्बास नगरपालिकालाई निर्देशन दिइएको प्रजिअ खनाले बताए । सो घटनामा परी घाईते बनेकाको उपचार राज्यले बेहोर्ने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ