arrow

अब चुनाव कसैले रोक्न सक्दैन्ः प्रमुख आयुक्त यादव

‘दलहरुले सहमतिको लागि वातावरण निर्माण गर्नेपर्छ’

logo
प्रकाशित २०७३ फागुन ३० सोमबार
yadav-election-commission-2017.jpeg
काठमाडौं। प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले बैशाख ३१ गते गर्ने स्थानीय तहको निर्वाचनको लागि चाहिने सबै सामाग्री, ऐन÷कानून प्राप्त भएकोले चुनाव अब कुनै हालतमा नरोकिने स्पष्ट पारेका छन्। सोमबारको साक्षात्कारमा बोल्दै प्रमुख आयुक्त यादवले निर्धारित मितिमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नेगरि आयोगले आफ्नो कामलाई तिव्रता दिईरहेकोले चुनावको लागि वातावरण बनाउनको लागि सबै राजनीतिक दलहरुलेपनि आफ्नो तर्फबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। 
 
उनले निर्वाचनको सुनिश्चितताको लागि राजनीतिक दलहरुभित्रैपनि सहमति हुनुपर्नेमा जोड दिए। उनले भने,‘दलहरुवीच देखिएका सबै खाले विमति र असन्तुष्टिहरुलाई सहमतिमा परिणत गर्नुपर्छ, यसको लागि सरकार र प्रमुख दलहरुले विशेष भूमिका निर्वाह गर्नुपर्छ।’ दुई दशकपछि स्थानीय तहको निर्वाचन हुन गैरहेकोले यसलाई सबैले उत्सवको रुपमा लिनुपर्ने यादवको भनाई थियो।  उनले मधेशी मोर्चाले ०६४ सालामा पनि चुनावमा भाग नलिने निर्णय गरेको भएपनि पछि चुनावमा आएको उल्लेख गर्दै भने,‘यसपटक पनि उहाँहरुले स्थानीय तहको निर्वाचनमा भाग लिनुहुन्छ।’
 
उनले आयोगले मतदाता नामावली प्रकाशन अन्तिम चरणमा पुगेको, मतदाता केन्द्र पूनवरावलोकन काम भैरहेको, मतपत्र व्यवस्थापन(छपाई)को काम भैरहेको समेत जानकारी दिए। उनले भने,‘मतपत्र छाप्ने काम सुरु भएको छ, आयोगले प्राविधिक कामहरु तिव्रताका साथ अघि बढाएको छ।’
 
साक्षात्कारमा बोल्दै यादवले निर्वाचनको लागि आवश्यक जनशक्ति व्यवस्थापनको काम पनि भैरहेको जानकारी दिए। उनले भने,‘जनशक्ति व्यवस्थापनको काम भैरहेको छ, यसको लागि हामीले सरकारलाईपनि चैत्र ३ गतेभित्रै कर्मचारी खटनपटन गर्न निर्देशन दिईसकेका छौं।’ त्यस्तै उनले आयोगभित्रैपनि आन्तरिक कर्मचारी व्यवस्थापन भैरहेको स्पष्ट पारे। 
 
उनले भने,‘कर्मचारी खटनपटन भएपछि चुनावको वातावरण बन्छ, गाउपालिका र नगरपालिकाको मतदान केन्द्र राख्नेबारेमा पनि अन्तिम चरणमा पुगेका छौं।’ यादवले अघि थपे,‘आयोगभित्रैपनि कर्मचारी लगनशील छन्, उहाँहरु पनि दिनरात निर्वाचनको लागि वातावरण बनाउनुपर्छ।’ स्थानीय तहको प्रतिवेदन अनुसार ७४४ युनिटमै एकैदिनमा निर्वाचन गर्नुपर्ने भएकोले यसको लागि सरकारले आफ्नो दायित्व र कर्तव्यको रुपमा मधेशमा पनि चुनाव गराउनुपर्छ। उनले भने,‘एक दिनमै निर्वाचन गर्ने भएकोे यसको लागि सरकारले प्रयास गर्नुपर्छ।’
 
मतपत्र छपाई कहिलेसम्म सकिन्छ भन्ने पत्रकारको जिज्ञासमा यादवले भने,‘चैत्र ५ गतेभन्दा अघि नै छपाउने गरि तयारी भैरहेको छ।’ त्यस्तै उनले मतदाताहरु करिब १ करोड ४० लाख हुने आफूहरुले अनुमान गरेको स्पष्ट पारे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ