arrow

पुनर्निर्माणमा सहयोग बिस्तार गर्छौं : बिश्व बैंक

logo
प्रकाशित २०७३ फागुन ३० सोमबार
nrn-world-bank-2017.jpeg
फागुन। विश्व बैंकले नेपालमा भूकम्पपछिको पुनर्निर्माणका लागी थप सहयोग बिस्तार गर्ने घोषणा गरेको छ। राष्ट्रिय पुर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलसंग नेपालमा भ्रमणमा रहेका विश्व बैंकका कार्यकारी निर्देशक एण्डिन ह्याडियान्तोले सोमवार भेटवार्ता गर्दै  थप सहयोगको प्रतिवद्धता जनाएको हो।
 
भेटमा कार्यकारी निर्देशक ह्याडियान्तोले असल बिकास साझेदार संस्थाका रुपमा बिश्व बैंक नेपालको बिकासमा निकट सहयोगीका रुपमा काम गर्दै आएको भन्दै भूकम्पपछिको पुनर्निर्माणमा भइरहेको सहयोगलाई थप प्रभावकारी बनाउने बताए। उनले पुनर्निर्माणमा देखिएका चुनौतीवारे जिज्ञासा राख्दै बिश्व बैंकको सहयोगमा संचालित विभिन्न परियोजनालाई सफल बनाउन सरकारी सयन्त्रबीच थप समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए। सो क्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. पोखरेलले पुनर्निर्माणमा देखिएका चुनौतीलाई सामना गर्न बिकास साझेदार संस्थाको पनि महत्वपुर्ण भूमिका हुने बताए।
 
पोखरेलले भूकम्पले भत्किएका निजी आवास, शैक्षिक संस्था र स्वास्थ्य सेवासंग सम्बन्धित संरचनालाई प्राथमिकता दिएर काम गरिरहेको बताए। ह्याडियान्तोले अन्य केही मुलुकको उदाहरण दिदै नेपालमा संचालन हुने गरेका बिकास परियोजनाको गतिलाई तिव्रता दिनुपर्नेमा जोड दिए। उनले पुनर्निर्माणको कुन क्षेत्रमा बढी सहयोग आवश्यक छ भन्ने जिज्ञासा राखे, मैले ग्रामीण क्षेत्रमा प्राविधिक जनशक्तिको अभाव र पुनर्निर्माणपछि जनताको जिविकोपार्जन र आर्थिक सम्बृद्धिका लागी सिप बिकास र क्षमता बिस्तार गर्ने कुरालाई जोड दिए पोखरेलले भने 'उहाँले सहयोग गर्ने बचन दिनुभएको छ।'
 
प्राधिकरणका सिइओ पोखरेलले सरकारी संयन्त्रमा हुने गरेका विभिन्न प्रक्रियागत कठिनाईले पुनर्निर्माणको काममा पनि ढिलाई भएकोप्रति समेत उनले चासो राखेको बताए। कार्यकारी निर्देशक ह्याडियान्तोले पुननिर्माण कोष कार्यान्वयनमा भइरहेको ढिलाईप्रति समेत चासो राखेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ