arrow

‘पृथ्वी जयन्ती’ नपरेपछि वर्षभरकै सार्वजनिक छुट्टीसम्बन्धी प्रस्ताव अस्वीकृत

logo
प्रकाशित २०७३ चैत १ मंगलबार
PrithviNarayan-Shah.JPG.jpeg
काठमाडौं । गृह मन्त्रालयले ल्याएको सार्वजनिक छुट्टीसम्बन्धी प्रस्तावमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती छुटेपछि केही मन्त्रीहरुले विरोध गर्दा उक्त प्रस्ताव मन्त्रिपरिषदमा अस्वीकृत भएको छ ।
 
गृहमन्त्रालयको प्रस्ताव परिमार्जन गरी पुस २७ गते पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने गरी प्रस्ताव नल्याएसम्म पारित गर्न नसकिने अडान केही मन्त्रीले लिएपछि उक्त प्रस्ताव मन्त्रिपरिषदबाट अस्वीकृत भएको हो । 
 
एक मन्त्रीका अनुसार आपूर्ति मन्त्री दीपक बोहोराले पृथ्वी जयन्तीको दिन सार्वजनिक विदा दिने प्रस्ताव ल्याउनु पर्ने माग गरेपछि प्रस्ताव पारित नभएको हो ।
 
‘उहाँले पृथ्वीजयन्तीको विषय उठाउनुभयो, अरु केही बिषय पनि मिलाउनु पर्ने देखिएकाले त्यो प्रस्ताव पारित नभएको हो,’ ती मन्त्रीले भने ।
 
गृहमन्त्री विमलेन्द्र निधिले फागुन १७ गते स्वीकृत गरी फागुन २२ गते आइतबारको मन्त्रिपरिषद बैठकमा छलफलका लागि प्रस्ताव गरिएको थियो । 
 
गत पुसमा पनि मन्त्रिपरिषद् बैठकमा सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले पृथ्वी जयन्तीमा बिदा दिनु पर्ने माग राखेका थिए तर उनको मागको सुनुवाइ भएको थिएन । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ