arrow

प्रहरी महानिरीक्षक विवादः डा पोखरेलनै कार्यबाहक बन्ने लगभग पक्का

logo
प्रकाशित २०७३ चैत १ मंगलबार
Dinesh-pokharel.jpeg
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक बढुवासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा मंगलबारबाट सरकारलाई अर्को कानुनी झमेला थपिँदै छ । 
 
चिकित्सक दिनेशचन्द्र पोखरेलले निमित्त महानिरीक्षकको जिम्मेवारी पाएको मंगलबार मध्यरात एक महिना पुग्दैछ ।
 
प्रहरी नियमावली, २०७१ को नियम ४६ अनुसार निमित्तको अवधि एक महिनाभन्दा बढाउन पाइन्न । 
 
मन्त्रिपरिषद् निर्णयबाट गत फागुन २ मा डा। पोखरेललाई निमित्त महानिरीक्षक तोकिएको थियो । 
 
सरकारले मंगलबार मध्यरातसम्म अर्को व्यवस्था नगरे कानुनअनुसार पोखरेल नेपाल प्रहरीका कार्यवाहक महानिरीक्ष्क हुनेछन् । 
 
कार्यवाहक दिइसकेपछि फिर्ता गराउन नसकिने कानुनी अड्चनमा सरकार फस्नेछ । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ