arrow

चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा, म्यानचेष्टर युनाइटेड पराजित

मौरिन्हो स्टामफोर्ड ब्रिजमा अपमानित

logo
प्रकाशित २०७३ चैत १ मंगलबार
chelsea-FAcup.jpeg
स्टामफोर्ड ब्रिज । इङलिश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा रहेको चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा पुगेको छ । अन्तिम क्वार्टरफाइनल खेलमा चिरपरिचित प्रतिद्धन्द्धी म्यानचेष्टर युनाइटेडमाथि १–० को जित निकाल्दै चेल्सीले सेमिफाइनलमा ठाउँ बनाएको हो ।
 
चेल्सीलाई जिताउन खेलको ५१ औं मिनेटमा एनगोलो काँटेले गरेको गोल नै निर्णायक गोल बन्यो । त्यसअघि खेलको ३५ औं मिनेटमा एन्दर हेरेराले दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिनु पर्दा म्यानचेष्टर युनाइटेड १० जनामा सीमित भएको थियो ।
 
तर बढीभन्दा बढी गोल गरेर आफ्नो पूर्व प्रशिक्षक होजो मौरिन्होलाई अझ बढी चिन्तित पार्ने काम चेल्सी खेलाडीले गर्न सकेनन् । 
 
यो हारले भने चेल्सीको घरेलु मैदानमा स्टामफोर्ड ब्रिजमा मौरिन्हो अपमानित महशुस गर्न वाध्य भएका छन् ।
 
दुई पटकसम्म चेल्सीबाट बर्खास्दगीमा परेका मौरिन्होलाई चेल्सीमाथि उसकै मैदानमा जित हासिल गरी बदला लिने राम्रो अवसर थियो ।
 
मौरिन्हो चेल्सीका लागि सबैभन्दा सफल प्रशिक्षक मानिन्छन् । तर गत वर्ष उनी चेल्सीबाटै हटाइएका थिए । 
 
यो खेलपछि एफए कपको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा चेल्सीसंगै अन्य प्रिमियर क्लवहरु म्यानचेष्टर सिटी, टोटनह्याम हट्सपर र आर्सनल पनि पुगेका छन् । 
 
चेल्सीले टोटनह्यामसंग र म्यानचेष्टर सिटीले आर्सनलसंग खेल्नेछ । 
Spain international Ander Herrera was sent off by referee Michael Oliver after picking up two bookings during the first half
Jose Mourinho and Antonio Conte clashed for the second time this season in the immediate aftermath of Herrera's red card
Former Leicester City midfielder N'Golo Kante capped a fine individual performance with the winning goal just after the break
France interantional Kante celebrates his superb strike with Chelsea team-mates Eden Hazard and Cesar Azpilicueta
Herrera was sent off for a second bookable offence after fouling Eden Hazard for the second time in the match
Manchester United's players surround referee Oliver after Herrera is shown is second yellow card
Chelsea boss Conte celebrated wildly after Manchester United were reduced to 10 men at the end of the first half
Manchester United goalkeeper David de Gea watches on helplessly as Kante's fierce drive flies past him into the net
Diego Costa pumps his fists in celebration after Chelsea take the lead in the FA Cup quarter-final at Stamford Bridge

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ