arrow

बेलायतमा इयुबाट बाहिरिने बारेको विधेयक माथिल्लो सदनबाट पारित

logo
प्रकाशित २०७३ चैत १ मंगलबार
england.jpeg
लण्डन । ब्रिटेनको माथिल्लो सदन हाउस अफ लर्ड्सले त्यहाँको सरकारलाई युरोपेली संघ इयु छाड्न आवश्यक आर्टिकल फिफ्टी भनिने कानूनी प्रक्रिया थाल्न अनुमति दिने ब्रेक्जिट बिल पारित गरेको छ। उक्त विधेयकले अब महारानीको लालमोहर प्राप्त गरेपछि कानुनी स्वरुप ग्रहण गर्नेछ।
 
ब्रिटिश सरकारले इयुका नागरिकहरुको आवासीय अधिकार सुनिश्चित गर्नुपर्ने र अन्तिम सम्झौतामाथि सांसदहरुलाई अर्थपूर्ण मतदान गर्न दिनुपर्ने भनी संसदको माथिल्लो सदन हाउस अफ लर्डसले यसअघि दिएको निर्णयबाट पछि हटेको छ।
 
सरकारले युरोपेली संघ छाड्ने औपचारिक प्रक्रिया यसै महिनाको अन्त्यबाट शुरु गर्ने योजना गरेको छ। तर स्कटल्याण्ड सरकारले संयुक्त अधिराज्यबाट स्वतन्त्र हुने वा नहुनेबारे दोस्रो जनमतसंग्रह गर्ने योजनाको घोषणा गरेकाले यो प्रक्रिया जटिल बनेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ