arrow

मोटरसाइकल यात्रा खतरा बन्दै, ट्रकले ठक्कर दिँदा दुईको मृत्यु

logo
प्रकाशित २०७३ चैत १ मंगलबार
accident-final.jpeg
इटहरी । धरानबाट इटहरीतर्फ आउँदै गरेको को १ ख ५५८ नंको ट्रकले विपरीत दिशातिर जाँदै गरेको बा ५० प ३५०१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा यात्रारत दुईजनाको ज्यान गएको छ । 
 
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार गए राति अवेर इटहरीको तरहरा उत्तर पानीपिया भन्ने स्थानमा भएको उक्त घटनामा धरान निवासी २५ वर्षीय दिवस राई र २३ वर्षीया इरो बान्तवा राईको मृत्यु भएको छ । 
 
उक्त घटनामा सोही मोटरसाइकलमा यात्रारत राजु मगर भने गम्भीर घाइते भएका छन् । उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 
 
दुर्घटना गर्ने ट्रक र त्यसका चालकलाई प्रहरी चौकी तरहराले नियन्त्रणमा लिई आवश्यक कानुनी कार्वाही प्रारम्भ गरिएको प्रहरीले जानकारी दिएको छ । 
 
घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ