arrow

चिनियाँ टेलिकम प्रमुखलाई लागेको भ्रष्टाचार आरोपमाथि छानबिन

logo
प्रकाशित २०७२ पुष १२ आइतबार
BN-LW105_1227cd_P_20151227071721.jpg.jpeg
बेइजिङ (चीन) । चिनियाँ टेलिकमका प्रमुखमाथि भ्रष्टाचार आरोप लागेपछि उहाँमाथि छानबिन अघि बढाइने चिनियाँ कम्युनिस्ट पार्टीले आइतबार घोषणा गरेको छ । बेइजिङले राज्यका विभिन्न थप क्षेत्रमा समेत भ्रष्टाचारविरोधी अभियान सञ्चालन गर्नेसमेत जनाएको छ । 
 
चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय अनुशासन छानबिन आयोगअन्तर्गतको अनुशासन विभागले आइतबार आफ्नो वेबसाइटमा चिनियाँ टेलिकमका अध्यक्ष चाङ जिआओविङमाथि पदीय मर्यादा विपरित कार्य गरेको आशङ्का गर्दै छानबिनलाई अगाडि बढाएको हो । 
 
तर आयोगले चाङ कस्तो भ्रष्टाचारमा संलग्न थिऐ भन्नेबारे विस्तृत रुपमा केही जनाएको छैन । आयोगले अस्पष्ट रुपमा चाङको भ्रष्टाचारमाथि छानबिन गरिने मात्रै भनेको छ । चाङ यसअघि राज्य सञ्चालित चिनियाँ युनिकम कम्पनीको अध्यक्ष हुनुहुन्थ्यो । उहाँ गएको अगस्टमा चिनियाँ टेलिकमका अध्यक्षमा नियुक्त हुनुभएको हो । 
 
चिनियाँ राष्ट्रपति सि जिनपिङ सन् २०१३ को सुरुमा राष्ट्रपतिको कार्यभार सम्हालेसँगै भ्रष्टाचारविरुद्धको अभियानको घोषणा गर्नुभएको हो । विभिन्न क्षेत्रमा व्याप्त भ्रष्टाचारले चिनियाँ कम्युनिस्ट पार्टीको शासन व्यवस्थामाथि र्नै प्रश्नचिह्न खडा गरेको भन्दै अभियानको थालनी भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । एपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ