arrow

गगन थापालाई फिर्ता बोलाउने हल्लाले दीपक पनि चिन्तित

logo
प्रकाशित २०७३ चैत १ मंगलबार
dipakraj-giri.jpeg
काठमाडौं । पछिल्लो समय मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सामेल हुने चर्चा चुलिएसंगै स्वास्थ्य मन्त्रालय गुम्ने खतरा बढेको छ । स्वास्थ्य मन्त्री गगन थापाले राम्रा काम गरिरहेको सन्दर्भमा उनलाई हटाउने चर्चा चलेपछि विभिन्न प्रतिक्रिया आइरहेका छन् ।
 
सो क्रममा कलाकार दीपकराज गिरीले राम्रा मान्छे सरकारमा नटिक्ने भन्दै व्यङ्ग्य गरेका छन् । उनले फेसबुकमा लेखेका छन् ‘गगन थापालाई कांग्रेसले मन्त्रीबाट फिर्ता बोलाउँदै छ रे । एकदम सही निर्णय हो । यो सरकारबाट गगन थापा, जनार्दन शर्मा जस्ता एक दुईजना मन्त्रीलाई हटाउनै पर्ने भाछ । म सोचिराथें चिडियाखानामा यी दुई मान्छेलाई किन राखिएको होला ?’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ