arrow

ललितपुरमा बसेर प्रधानमन्त्रीले गरे देशभरीको स्थानीय तह उद्घाटन

logo
प्रकाशित २०७३ चैत १ मंगलबार
PM@Lalitpur.jpeg
ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका ७४४ वटै स्थानीय तहको कार्यालय सञ्चालन तथा कार्य प्रारम्भको समुद्घाटन गरेका छन् । मंगलबार बिहान ललितपुर महानगरपालिकामा आयोजित बिशेष समारोहमार्फत् प्रधानमन्त्रीले देशका सबै स्थानीय तहका कार्यालय सञ्चालन तथा कार्यप्रारम्भको समुद्घाटन गरेका हुन्।
 
उक्त अवसरमा प्रधानमन्त्रीले नेपालमा स्थानीय शासनको इतिहासमा नयाँ अध्याय सुरु भएको बताउँदै यो सामान्य सुधार नभएर महत्वपूर्ण क्रान्तिकारी परिवर्तनको प्रतिक भएको बताए। उनले सिंहदरवारमा निहित कार्यपालिका, व्यवस्थापिका र न्यायपालिको अधिकार र स्रोत साधनलाई पहिलो चोटी गाँउ गाँउसम्म पु¥याउने गरी स्थानीय तहलाई अधिकार सम्पन्न तुल्याइएको पनि बताए। प्रधानमन्त्रीले भने ‘हालसम्म जिल्ला, अञ्चल, क्षेत्रीय सदरमुकाम र खासगरी काठमाडौंबाट हुदै आएका थुपै्र काम, कार्वाही र सेवाको वितरण सम्बन्धित गाँउपालिका वा नगरपालिकाबाटै हुनेछ ।’
 
प्रधानमन्त्रीले स्थानीय तहको पुर्नसंरचना र कार्यप्रारम्भसँगै गणतन्त्रको उज्यालो घामको अनुभूति जनताले गर्न पाएको भन्दै यो परिवर्तन ल्याउन योगदान पु¥याउने सबैमा हार्दिक आभार प्रकट गरे। उनले कर्मचारीहरुलाई स्थानीय तहमा जिम्मेबारी लिएर जनताको सेवामा समर्पित हुन निर्देशन दिए।
 
संबिधान कार्यान्वयनका लागि यो एउटा ऐतिहासिक फड्को हो भन्दै प्रधानमन्त्रीले भने ‘सरकार र विकास अब मतपेटिकाका रुपमा जनताको घरदैलोमा छ । अहिले सरकारको अर्जुन दृष्टि स्थानीय तहको निर्वाचनमा केन्द्रित छ । निर्वाचन सफल हुँदा देशले जित्छ, जनताले जित्छन्, । स्थानीय तहको निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव हो । २० बर्षपछि गुणात्मक उपलब्धीसहित हुन लागेको यो महोत्सवमा विना संशय, विना धक, विना डर, मन वचन र कर्मले उत्साहका साथ सहभागी हुन म सिंगो देशलाई हार्दिक आमन्त्रण गर्दछु ।’
 
प्रधानमन्त्रीले सरकारको अहिले ध्यान र जोड राजनीतिक समझदारीका आधारमा संबिधान संशोधन गर्न रहेको भन्दै मधेश, पहाड, हिमाल जोड्ने र संविधानको स्विकार्यता बढाउने अडानवाट आफू एक इन्च पनि पछि नहटेको स्पष्ट गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ