arrow

चैत ३ गतेसम्म काठमाडौंको मतदान केन्द्र निर्धारण हुने

logo
प्रकाशित २०७३ चैत १ मंगलबार
mahanagar_matadankendra.jpeg
काठमाडौं । काठमाडौं जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्र पुनरावलोकन कार्य अघि बढाएको छ । स्थानीय निकाय पुन संरचना आयोगबाट प्राप्त स्थानीय तहको संख्या र सिमाना तथा २०७० सालमा सम्पन्न संविधान सभाको निर्वाचनमा प्रयोग भएका मतदान स्थल तथा केन्द्रलाई आधार बनाएर परमार्जनको कार्य अघि बढाएको हो । 
 
यस क्रममा मंगलबार मतदान केन्द्र सिफारिस समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीको संयोजकत्वमा काठमाडौं जिल्लाका स्थानीय तहका प्रमुख र राजनीतिक दलका प्रतिनिधिसँग छलफल सम्पन्न भयो । छलफलमा काठमाडौं महानगरसहित नगरपालिकाहरुबाट माग भइ आएका मतदान स्थल परिमार्जन तथा मतदान केन्द्र थपघट सम्बन्धी विषय केन्द्रीत थियो । 
 
नागरिकलाई आफू नजिकको मतदान स्थलबाट मतदान गर्न पाउने व्यवस्थाकालागि स्थानीय स्तरमा छलफलबाट प्राप्त सूचनाका आधारमा चैत्र ३ गते मतदान केन्द्र निक्र्यौल गरी सिफारिस गर्ने शिफारिस समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले जानकारी दिए। 
 
काठमाडौंमा २०७० को निर्वाचनमा ५ लाख ३२ हजार मतदाता रहेकोमा २०७३ साल पौष मसान्तसम्ममा ५ लाख ६७ हजार मतदाता रहेको अप्रशोधित तथ्याङ्क छ जिल्ला निर्वाचन कार्यालयका आयुक्त चन्द्रप्रसाद गौत्तमको भनाइ छ । यसमा महानगर क्षेत्रमा २ लाख ८४ हजार मतदाता रहेका छन् — उनले थपे।  
 
मतदान स्थल तथा केन्द्र शिफारिस गर्दा प्रत्येक १ हजार व्यक्तिलाई एउटा मतदान केन्द्र हुने गरी सिफारिस गर्नुपर्ने व्यवस्था छ । २०७० सालमा १००१३ मतदान स्थल थिए भने १८ हजार ४३८ मतदान केन्द्र थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ