arrow

५२ बर्षीय आमिर खानको यस्तो छ बलिउड यात्रा

५ वटा 'अल टाइम ब्लकबाष्टर' चलचित्र दिने बलिउडकै पहिलो कलाकार

logo
प्रकाशित २०७३ चैत १ मंगलबार
aamir-khan-birthday.jpeg
एजेन्सी । बलिउडका मिस्टर परफेक्शनिस्ट आमिर खान ५२ बर्ष पुगेका छन् । उनको जन्म  १४  मार्च १९६५ मा  भएको हो । मुम्बईमा जन्मिएका आमिरको बुवाको नाम ताहिर हुसेन र आमाको नाम जीनत हुसैन हो । आमिरका भाई फेजल खान, बहिनि फरहत खान र निखत खान रहेका छन् ।आमिरका बुवा ताहिर हुसेन चलचित्र निर्माता थिए । उनका काका नासिर हुसेन पनि चलचित्र निर्माता-निर्देशक थिए ।
 
अभिनेता  आमिरको विशेषता भनेको उनि  कम चलचित्रमा अभिनय गर्छन् । उनले बर्षमा एउटा चलचित्रमा मात्र अभिनय गरेका छन् । उनि अभिनित चलचित्र सफल रहेको छ  । उनका फ्यानले एक बर्षसम्म चलचित्रको प्रतिक्षामा रहेने गर्दछन् । त्यसैले पनि बलिउडमा २५ बर्ष देखि राज गरि रहेका आमिरलाई मिस्टर परफेक्शनिस्टको टाइटल दिएको हो ।
 
सुरुवातमा बाल कलाकारको रुपमा काम गरेका आमिरको पढाइ मुम्बईमा भएको थियो । उनले पहिलो पटक बाल कलाकारको रूपमा बुवाको प्रोडक्शन कम्पनीमा बानेको चलचित्र 'यादों की बारात' मा अभिनय गरेका थिए । त्यसको ११ बर्ष पछि आमिर चलचित्र 'होली' मा देखिए तर चलचित्रमा उनको अभिनयलाई नोटिस गरिएको थिएन।
 
आमिरलाई सन् १९८८ मा रिलीजल भएको चलचित्र ‘कयामत से कयामत तक’बाट सफलता मिलेको हो । चलचित्रले आमिरलाई रातारात स्टार बनाइ दियो । उनले चलचित्रबाट स्पेशल ज्यूरी अवार्ड पाए । 
 
आमिरले बलिउडमा 'राजा हिन्दुस्तानी', 'थ्री इडियट्स', 'धुम थ्री', 'पिके' 'दंगाल' जस्ता ५ वटा 'अल टाइम 'ब्लकबाष्टर' चलचित्र दिएका छन् । भने 'रङगीला', 'गजनाी' जस्ता 'ब्लकबाष्टर' चलचित्रमा अभिनय गरेका छन् ।   उनका सफल चलचित्रमा 'इस्क', 'गुलाम', 'सर्फरोस', 'मन', 'लगान', 'रंग दे बसन्ती', 'फना', 'तारे जमिन पर' र   'तलास'  रहेका छन् ।  
 
आमिरको पहिलो विवाह रीना दत्तासँग भएको थियो । रीनाबाट उनका दुई सन्तान रहेका छन् । जसको नाम जुनेद र छोरिको नाम इरा रहेको छ । रीना दत्तासँग उनको सम्बन्ध बिच्छेद पछि उनले  किरन रावसँग विवाह गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ