arrow

स्थानीय तह उद्घाटन भएकै दिन तालाबन्दी

logo
प्रकाशित २०७३ चैत १ मंगलबार
Makawanpur.jpg.jpeg
हेटौंडा । मकवानपुरको बाग्मती र बकैया गाउँपालिकामा तालाबन्दी हुनुको साथै हाँलीखोलाबासी आन्दोलित भएका छन् । सीमा निर्धारण आयोगले सिफारिस गरेको भन्दा स्थान परिवर्तन गरेर सरकारले उक्त गाउँपालिकाको केन्द्र परिवर्तन गरेको भन्दै स्थानीयवासीले साविकको गाविस भवनमा तालाबन्दी गरेका हुन् ।
 
फापरबारी २ झुरझुरेमा राख्ने भनिएको केन्द्र पुरानै फापरबारी गाविसको भवनमा राखिने भएपछि आन्दोलन गरिएको र सिमा निर्धारण आयोगले बकैया गाउँपालिकाको केन्द्र साविकको छतिवन गाविस वडा नंबर २ हात्तिसुडेमा सिफारिस गरेको थियो । 
 
तर, राजपत्रमा भने हाल छतिवन गाविसकै वडा नं ६ मा केन्द्र तोकिएकोले  तालाबन्दी गरीएको बुझिएको छ।पश्चिम मकवानपुरको हाँडीखोलाबासीले सिमा निर्धारण आयोगले  सिफारिस गरिएको  केन्द्र हटाई  राजपत्रमा मनहरीलाई केन्द्र तोकेको भन्दै आन्दोलनको तयारीमा रहेको स्थानीयले बताएका छन ।
 
मंगलबार प्रधानमन्त्रीले ललितपुर महानगरपालिकाबाट देशभरीकाे स्थानीय तहकाे उद्घाटन गरिरहँदा हेटाै‌डामा भने साेही दिन तालाबन्दी भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ