arrow

'बद्रीनाथ' ले तोड्यो ऋतिकको चलचित्र 'काबिल' को रेकर्ड

४ दिनको कमाइ ५५ करोड

logo
प्रकाशित २०७३ चैत १ मंगलबार
badri-a_1489480827.jpeg
एजेन्सी । वरुण धवन र आलिया भट्ट स्टारर चलचित्र  'बद्रीनाथ की दुल्हनिया' ले  बक्स अफिसमा राम्रो कमाइ गरेको छ । गत शुक्रवार रिलिज भएको चलचित्रले चार दिनमा ५५ करोड भारतिय रुपैया भन्दा बढिको व्यवपार गर्न सफल भएको  छ । यसका साथै चलचित्रले ऋतिक रोशनको 'काबिल' (चार दिनको कमाइको आधारमा ) लाई पछि छोड्दै यस बर्षकै अहिले सम्मको चौथौ ठुलो चलचित्र बनेको छ । 
 
बद्रीनाथ की दुल्हनियाले पहिलो  दिन १२.२५ करोड रुपैया कलेक्शन गरेको थियो । साथै चलचित्रले शनिवार १४.७५ करोड , आइतबार  १६.०५ र सोमवार १२.०८ करोड रुपैया कलेक्शन गरेको छ। यसरी चलचित्रले अहिलेसम्म ५५.१३ करोड कमाई गरेको बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले ट्विटरमा कलेक्शनको जानकारी दिदै लेखेका छन्  ।
 
उनले  चार दिको कलेक्शनको कुरा गर्ने हो भने बद्रीनाथ की दुल्हनिया शाहरुखको रईस (७५.४४ करोड ) र अक्षयको जोली एलएलबी २ (५७.७२ करोड) भन्दा पछि रहेको लेखेका छन् ।
 
सन् २०१७ मा हाइएस्ट ओपनिंग कलेक्शनको रेकर्ड शाहरुख खानको चलचित्र  'रईस' रहेको छ ।  जसले रिलिजको दिन २०.४२ करोड कलेक्शन गरेको थियो । सुचिमा अक्षय कुमार स्टारर 'जोली एलएलबी २' दोस्रो स्थानमा रहेको छ , चलचित्रले पहिलो दिन १३.२० करोड कमाएको थियो ।
 
 बद्रीनाथ की दुल्हनियालाई दर्शकको सहि प्रचारको पनि फाइदा मिलेको छ । चलचित्र क्रिटिक रेशमा शेट्टीका अनुसार आलिया भट्ट र वरुण धवनको जोडि बलिउडकै सफल जोडिको रुपमा परिचय बनाउन सफल भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ