arrow

भट्टराई लागे भारततिर

logo
प्रकाशित २०७३ चैत १ मंगलबार
baburam-bhattrai-jpg.jpg.jpeg
काठमाडौँ। नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा बाबुराम भट्टराई विभिन्न कार्यक्रममा सहभागी हुन मंगलबार भारतको राजधानी नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन् । 
 
इन्डिया फाउन्डेसनले भारतको नयाँ दिल्लीमा आयोजना गरेको ‘काउन्टर टेरोरिज्म कन्फरेन्स’मा भाग लिन भट्टराई त्यसतर्फ प्रस्थान गरेका हुन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराई १५ मार्चमा सम्मेलनलाई सम्बोधन गर्नेछन् । उनले ‘बुलेट टु ब्यालेट’ शीर्षकको विशेष सत्रमा प्रमुख वक्ताका रुपमा सम्बोधन गर्न कार्यक्रम छ । सम्मेलन यही मार्च १४ देखि १६ सम्म सञ्चालन हुनेछ । 
 
नयाँ शक्ति पार्टी, नेपालको प्रवास समितिले गोवामा आयोजना गर्ने नेपालसँगको अन्तक्र्रिया तथा भेटघाट कार्यक्रममा पनि भट्टराई सहभागी हुने सो पार्टीले जनाएको छ । सोक्रममा डा भट्टराई भारतका राजनीतिक व्यक्तित्व, नेपाल–भारत सम्बन्धका जानकार, बुद्धिजीवी, नागरिक समाजका अगुवासँग पनि भेटघाट गर्नेछन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ