arrow

वातावरण प्रदूषणबारे चिन्तित हुनुहुन्छ ? अब गाह्रो छैन प्रदूषण नाप्न

logo
प्रकाशित २०७३ चैत १ मंगलबार
enviornment_ktm.jpeg
काठमाडौं । वातावरण प्रदूषण सम्बन्धि जानकारीको लागि अब हचुवाको भरमा बोल्नु नपर्ने भएको छ । सरकारले काठमाडौं उपत्यकामा वातावरण प्रदूषणको स्थिती कस्तो छ भन्ने बुझ्नको लागि वायु गुणस्तर मापन केन्द्रको औपचारिक उद्घाटन गरेका हुन् । 
 
वायु प्रदुषण आर्थिक, सामाजिक र व्यक्तिको उत्पादनशीलतामा असर पु¥याउने भएकोले वातावरण प्रदूषणबारे सरकारले संवेदनशीलता देखाउँदै यस्तो केन्द्र सञ्चालनमा ल्याएको हो  । प्रदुषण नियन्त्रणको प्राविधिक पक्षमा काम गर्ने अधिकारीको सुझाव अनुसार मंगलबार काठमाडौं महानगरपालिका क्षेत्रमा सञ्चालित वायु गुणस्तर मापन केन्द्रको औपचारिक उद्घाटन गरिएको हो । 
 
रत्नपार्कस्थित शान्तिवाटिकामा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड०को सहयोगमा र कान्तिपथस्थित फोहरा दरवारमा संयुक्त राज्य अमेरिकाद्वारा निर्मित केन्द्रहरुको जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव डाक्टर विश्वनाथ ओली, नेपालका लागि संयुक्त राज्य अमेरिकाकी राजदूत एलिना बी टेप्लिज र इसिमोडका निर्देशक डेभिड मोल्डेनले संयुक्त रुपमा उद्घाटन गरे। कार्यक्रममा संयुक्त राज्य अमेरिकाद्वारा सञ्चालित एक्यूएम वेवसाइट पोर्टलको पनि उद्घाटन गरिएको थियो । 
 
केन्द्र उद्घाटन गर्नुहुँदै जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव डक्टर विश्वनाथ ओलीले वायू प्रदूषणले देशमा मात्र नभई विश्वभरि नै समस्या निम्त्याएको बताउँदै समस्या समाधानकालागि प्रयास जारी रहेको बताए। 
 
कार्यक्रममा नेपालकालागि संयुक्त राज्य अमेरिकाकी राजदूत एलिना बी टेप्लिजले बढ्दो वायू प्रदूषणका कारण विश्वमा निम्तिएका समस्या बारे अवगत गराउँदै नेपालसँगको यसप्रकारको सहकार्यले आगामी दिनमा जोखिमयुक्त समस्या समाधान गर्न सहजता मिल्ने बताए । 
 
कार्यक्रममा इसिमोडका निर्देशक डेभिड मोल्डनले केन्द्र सञ्चालनमा आएपश्चात आम नागरिकको वायुको गुणस्तर सम्बन्धी तथ्यांकमा पहुँच सहज हुने बताए। इसिमोडसँगको सहकार्यमा रत्नपार्कसँगै धुलिखेल, सौरहा र लुम्बिनीमा पनि वायु प्रदूषण मापन केन्द्र सञ्चालनमा रहेका छन् । संयुक्त राज्य अमेरिकाले भने फोहोरमा दरवार र राजदूतावासमा केन्द्र सञ्चालनमा ल्याएको छ । 
 
यस अघि पनि काठमाडौंका विभिन्न ६ स्थानमा वायु प्रदुषण मापन केन्द्र सञ्चालन गरिएका थिए । तर, ती केन्द्र गत १० वर्षदेखि नियमित सञ्चालनमा छैनन् । आधुनिक प्रविधिको प्रयोग सहित सञ्चालनमा आएका नयाँ केन्द्रहरुले प्रत्येक घण्टामा वायूको गुणस्तर मापन गर्नेछन् साथै पीएम २।५ पनि मापन गर्नेछन् । पिएम २।५ भन्नाले धुलाका अत्यन्त मसिना कण भन्ने बुझिन्छ, जुन मानव कपालको व्यास भन्दा पनि साना एकाइका हुन्छन् । यस्ता कणले मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्छन् । 
 
केन्द्रमार्फत प्राप्त तथ्यांकले वायुको गुणस्तरको आधारमा कस्तो जीवनशैली अपनाउने रु वायू प्रदूषण न्यूनीकरणकालागि कस्ता उपाय अपनाउने रु साथै अपनाइरहेका उपाय कत्तिका उपयोगी छन् रु तिनको विश्लेषणकालागि सहयोग पुग्ने देखिन्छ । विश्व स्वास्थ्य संगठनले सन् २०१६ मा प्रकाशित गरेको प्रतिवेदन अनुसार काठमाडौंको वायु प्रदूषण मापदण्डभन्दा पाँच गुणाले बढी छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ