arrow

इराक र काबूलको जस्तो घटनाले कसैको पनि विकास हुँदैन

logo
प्रकाशित २०७३ चैत १ मंगलबार
nidhi_dilli.jpeg
नयाँदिल्ली । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आतंबाद बिश्वव्यापी रुपमा गम्भीर चुनौतीका रुपमा देखिएको उल्लेख गर्दै त्यस्ता गतिबिधि नियन्त्रणका लागि उच्चस्तरको प्रतिबद्धता जनाउनु पर्ने बताउनु भएको छ । भारतको नयाँ दिल्लीमा मंगलबारदेखि शुरु भएको प्रति आतंकबाद सम्बन्धी तेस्रो अन्तर्राष्टिय मेलनको उद्घाटनका अबसरमा गृहमन्त्री निधिले अन्तर्राष्टिय समुदायका लागि सुरक्षा चासो सबैभन्दा चिन्ताको बिषय भएको उल्लेख गरे ।  
 
उद्घाटन समारोहमा आफ्नो मन्तव्य राख्दै उनले आतंकबादी समूहले आफ्नो प्रभाब बिस्तार गर्न खाजेकोले त्यसको रोकथामका लागि सबै राष्ट मिलेर बलियो कानुनी संयन्त्र बनाउनु पर्नेमा जोड दिए । 
 
राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्टिय सुरक्षा संयन्त्र बलियो नबनाएसम्म आफ्ना नागरिकको सुरक्षा गर्न कठिन हुने निधिको भनाई थियो । एक दशकअधि इराक र केही बर्षअघि काबुलमा क्रुर तरिकाबाट मारिएका नेपालीको प्रसंग उल्लेख गर्दै उनले  त्यस्ता गतिबिधिले कुनै पनि समाजको प्रगति र देशको विकास हुन नसक्ने बताए । 
 
गृहमन्त्री निधिले सबै किसिमका आतंकबादको बिरुद्ध नेपाल भएको बताउँदैप्रति आतंकबाद रणनीति तयार गर्नुपर्नेमा जोड दिए । भारतका उपराष्टपछि हमिद अन्सारी प्रमुख अतिथि रहेको कार्यक्रमका प्रमुख बक्तामा श्रीलंकाका प्रधानमन्त्री रलिन बिक्रमा सिंगे, नेपालका उपप्रधान तथा गृहमन्त्री निधि, भारतका रेल्वे मन्त्री सुरेश प्रभु र हरियाणका मुख्यमन्त्री मनोहरलाल खत्तर छन् । सम्मेलन बिहीबारसम्म चल्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ