arrow

चिनियाँ राजदूतले किन भेटिन् काँग्रेस वरिष्ठ नेता पौडेलसँग ?

logo
प्रकाशित २०७३ चैत १ मंगलबार
china_bohoratar.jpeg
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि चिनीयाँ राजदुत यु होङबीच मंगलबार पौडेल निवास वोहोराटारमा भेटवार्ता भएको छ । सो भेटवार्तामा दुई देशबीचको सम्बन्ध, सहयोग  र मुलुकको  पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल  भएको थियो । सो भेटका अवसरमा  चिनीयाँ राजदुत यु होङले नेपालको पछिल्लो राजनीतिक अवस्था र चुनावबारे चासो राखेकी थिईन् ।
 
वरिष्ठ नेता पौडेलले सहमति, संवाद र छलफलबाट असन्तुष्टिहरुलाई सम्वोधन गरी निर्वाचनमा अघि बढ्ने बताउँदै निर्वाचन  सम्पन्न गरी दीगो शान्ति र विकासको बाटोमा नेपाल अघि बढ्ने बताएको वरिष्ठ नेता पौडेलका सहयोगी  चिरञ्जीवी अधिकारीले जानकारी दिए । उनी नेपालमा हुन लागेको निर्वाचनको माहोलको विषयमा छलफल गर्न बोहोराटार पुगेकी थिईन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ