arrow

हराएको ६ तोला सुन र नौवटा मोटरसाइकल धनीलाई बुझायो प्रहरीले

logo
प्रकाशित २०७३ चैत १ मंगलबार
gold-pure.jpeg.jpeg
काठमाडौँ, १ चैत । महानगरीय ट्राफिक प्रहरी महाशाखाले छ तोला सुन र ११ तोला चाँदीको गहना सम्बन्धित धनीलाई बुझाएको छ । 
 
गत फागुन १ गते काठमाडौँको सोल्टीदोबाटोबाट कीर्तिपुर जाने क्रममा नम्बर नखुलेको कारमा अमिरा खड्काको सुनका गरगहनासहितको झोला छुटेकोमा महाशाखाले पत्ता लगाई मंगलबार सम्बन्धित धनीलाई बुझाएको हो । 
 
यस्तै महाशाखाले म‌ंगलबारै विभिन्न समयमा विभिन्न ठाँउबाट हराएका नौवटा मोटरसाइकल फेला पारी सम्बन्धित सवारीधनीलाई फिर्ता गरेको छ । महाशाखाले उज्वल शिल्पकार, दुर्गाबहादुर घले, कृष्णप्रसाद अधिकारी, सञ्जित मानन्धर, सञ्जोग केसी, राजकुमार चौधरी, गुम्बा भुजेल, रविन खत्री र पासाङकिर्पा शेर्पाको मोटरसाइकल फिर्ता गरेको हो । 
 
हराएको सामान बुझाउँदै महाशाखा प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङमार लामाले आफ्नो सामानको सुरक्षा आफै गर्न आग्रह गरे। उनले मोटरसाइकल एकान्त स्थानमा पार्किङ नगर्ने, रातको समयमा तोकिएको उज्यालो स्थानमा मात्र पार्किङ गर्न तथा अस्पताल क्षेत्रमा पार्किङ गर्दा विशेष सुरक्षा अपनाउन आग्रह समेत गरे । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ