arrow

खुद्रा पसलबाट सूर्तीजन्य पदार्थ बिक्रीमा रोक, गर्भवती महिलाले खरीदबिक्री गर्न नपाउने

१८ वर्ष नपुगेकाले न बेच्न पाउँछन् न किन्न नै

logo
प्रकाशित २०७३ चैत २ बुधबार
surti.jpeg
काठमाडौँ । कतै तपाईंको पहुँच भएको वरिपरिको खुद्रा पसलबाट सूर्तीजन्य पदार्थको बिक्री वितरण भएको त छैन ? छ भने त्यो गैरकानुनी हो । किनकि सरकारले खुद्रा पसलबाट सूर्तीजन्य पदार्थ बिक्री गर्न रोक लगाएको छ ।
 
मङ्गलबारदेखि सरकारले जुनसुकै स्थानबाट सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएपछि यो विषय चोटिलो बनेको हो ।  सूर्तीजन्य पदार्थ बिक्री वितरणका लागि आन्तरिक राजस्व कार्यालयबाट छुट्टै इजाजतपत्र लिनुपर्ने हुन्छ । 
 
साथसाथै सूर्तीजन्य पदार्थ बिक्री गर्ने पसलसमेत अलग्गै हुनुपर्नेछ । गत माघको मन्त्रिपरिषद् बैठकले सूर्तीजन्य पदार्थको बिक्री वितरणलाई व्यवस्थित र मर्यादित गर्न चैत १ गतेदेखि सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन, २०६८ को दफा ११ को उपदफा ६ कार्यान्वयन ल्याउने निर्णय गरेको थियो ।  
 
सोअनुसार अब १८ वर्ष नपुगेका व्यक्ति सूर्तीजन्य पदार्थ खरीदबिक्रीमा सहभागी हुन पाउने छैनन् ।  
 
यस्तै गर्भवती महिलालेसमेत खरीद बिक्री गर्न पाउने छैनन् । सूर्तीजन्य पदार्थको बिक्री वितरण गर्ने पसलमा त्यसका लागि ३० सेन्टिमिटर लम्बाइ र २० सेन्टिमिटर चौडाइ भएको सूचना पाटी राख्नुपर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ