arrow

बंगलादेशमा हुने एसीसी इमर्जिङ कपका लागि नेपाली टोलीको घोषणा

logo
प्रकाशित २०७३ चैत २ बुधबार
acc.jpeg
काठमाडौं । बंगलादेशमा हुन गइरहेको एसियाली क्रिकेट काउन्सिलको कार्यतालिका अनुसारको एसीसी इमर्जिङ नेसन्स कप क्रिकेटका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको छनोट भएको छ । १५ सदस्यीय नेपाली टोलीको नेतृत्व ज्ञानेन्द्र मल्लले गर्नेछन् ।
 
पारस खड्काको शल्यक्रियापछि अझै खेल्न सक्ने अवस्था नभएकाले ज्ञानेन्द्रले नै टिमको नेतृत्व सम्हाल्ने छन् । १५ जनाको टिममा उपकप्तानको जिम्मा शरद भेषवाकरलाई दिइएको छ । त्यस्तै अन्य खेलाडीमा विनोद भण्डारी, सागर पुन, मोहम्मद आरिफ शेख, मेहबुब आलम, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, मोहम्मद आसिफ शेख, अविनाश कर्ण, सुनील धमला, भुवन कार्की, सुशान भारी, दिपेश श्रेष्ठ र दिलिप नाथ छन् । 
अतिरिक्त खेलाडीमा कुशल भुर्तेल, जितेन्द्रकुमार मुखिया, राजेश पुलामी मगर र सुशिल कणेल रहेका छन् । आइसीसी–एसियाका क्रिकेट विकास अधिकारी एवं खेलाडी छनोट कमिटिका प्रमुख वैंकटपथि राजु, नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटा तथा पारस खड्का र ज्ञानेन्द्र मल्लले खेलाडीहरु छानेका हुन् । 
 
इमर्जिङ कप आगामी चैत १२ देखि चैत २२ गतेसम्म (मार्च २५ देखि अप्रिल ४ तारिखसम्म) बंगलादेशमा हुनेछ । आगामी आइतबार चैत ६ गतेदेखि प्रतियोगिताका लागि क्याप सुरु हुनेसमेत जनाइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ