arrow

गुल्मीको मुसिकोट नगरपालिका उद्घाटन

logo
कौरव खत्री,
प्रकाशित २०७३ चैत २ बुधबार
simkot-municipal.jpeg
गुल्मी। गुल्मीमा मुसिकोट नगरपालिकाको औपचारिक रुपमा उद्घाटन गरिएको छ। नगरपालिकाको निमित्त कार्यकारी अधिकृत नवराज घिमिरेले  औपचारिक रुपमा उद्घाटन गरेका हुन्।  साथै अधिकृत नवराज घिमिरेले नगरपालिकाको उद्घाटन सँगै नगरपालिकाको कार्यालयको स्थापना दैनिक काम काज सञ्चालनको शुभारम्भ भएको घोषणा समेत गरे। तत्काल अर्को व्यवस्था नहुन्जेलसम्म नगरपालिका सम्पूर्ण कामकाज वामीटक्सार स्वास्थ्यचौकीको भवनबाट सेवा प्रदान गर्ने  समेत बताए।
 
उनले जिल्लाबाट पाउने सेवा सुविधा अब यहि नगरपालिकाबाट पूरा हुने  बताए। 'नगरपालिकालाई राम्रो नमूना बनाउन सबै पक्षबाट आ–आफ्नो ठाँउबाट सहयोग गर्न सबै पक्षलाई मेरो आग्र छ,' उनले बने।  सोही अबसरमा बोल्ने अधिकांश जिल्ला स्थित क्रियाशिल राजनीतिक दलका प्रतिनिधिहरुले मुसिकोट नगरपालिका एउटा नमूना नगरपालिका बनाउन सबै पक्ष एक भई  मिलेर  अगाडि बढ्नु पर्ने  भन्दै नगरपालिकाको विकास भनेको सबैको साझा भएकोले अझ यसलाई थप व्यवस्थित गदै यहा भित्रको साधन र श्रोतलाई प्रयोग  गरि नगरपालिकालाई एउटा सुविधा सम्पन्न र नमूना नगरपालिका बनाउन सबैको साथ र सहयोग हुनु पर्नेमा जोड दिएका थिए।
 
सोही नगरपालिकामा साविकका मुसिकोट, बडागाँउ, पौदी अमराई, कुर्घा, आपचौर, अर्लाङ्गकोट, वामी  गरि ७ गाविस र नेटा गाविसका वडा नं. १, २, ३ र ४ गरि ४ ओटा वडाहरु समेतलाई समावेश गरि मुसिकोट नगरपालिकाको रुपमा कायम गरिएको छ। 
उक्त नगरपालिकामा ३२ हजार, ८ सय, २  जनसंख्या  कायम गरिएको  छ। यता वामीटक्सारमा मुसिकोट नगरपालिकाको कार्यालयको स्थापना हुनु र नगरपालिकाको कामकाज शुभारम्भ हुदा स्थानीयबासी निकै खुसी भएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ