arrow

मधेशी मोर्चाले सरकारको साथ छाड्यो, सभामुखलाई पत्र बुझाईँदै

logo
प्रकाशित २०७३ चैत २ बुधबार
morcha-.jpg.jpeg
काठमाडौं । मधेशी मोर्चाले सरकारबा६ आफू बाहिरिने निर्णय गरेको छ । बुधबार काठमाडौंको तीनकुनेमा बसेको मोर्चाको बैठकले सरकारबाट आफू बाहिरिने निर्णय गरेको हो । उता, तीनकुनेमा बैठकले निर्णय गरिरहँदा दिउँसो साढे दुईबजे सभामुख ओनसरी घर्तीलाई आफू सरकारबाट बारिरिएको पत्र बुझाउनको लागि मोर्चामा आवद्ध दलका प्रमुख सचेतकहरु सिंहदरबारमा सभामुख कार्यकक्षमा पुगिसकेका थिए । 
 
संघीय समाजबादी फोरमका प्रमुख सचेतक डा शिवजी यादवले बैठकले सो निर्णय गरेसँगै आफूहरु पत्र बुझाउन सभामुखको कायैकक्षमा पुगिसकेको जानकारी दिए । उनले मोर्चासँग सरकारले यस अघि गरेको सहमति अनुरुप काम नगरेकोले आफूहरुले सरकारको समर्थन फिर्ता लिनुपरेको जानकारी दिए । 
 
मोर्चाले मंगलबारसम्म माग पूरा नगरे सरकार छाड्ने भनेर एक साता अघि अल्टिमेटम दिएकोमा सरकारले एक सातामा माग पूरा नगरेपछि मोर्चाले यस्तो कदम चालेको हो । नेता यादवले अब आफूहरु संसद्मा प्रतिपक्षमा बस्ने निर्णय भएको जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ