arrow

संजय लीला भंसालीको चलचित्र 'पद्मावती' को सेटमा लगाइयो आगो

राजस्थानको जयपुरमा भंसाली खाएका थिए कुटाइ

logo
प्रकाशित २०७३ चैत २ बुधबार
bhansali.jpeg
एजेन्सी । बलिउड निर्देशक संजय लीला भंसालीको चलचित्र 'पद्मावती' को सेटमा आगो लगाइएको छ ।आगोका कारण  पद्मावतीको सेट जलेर नष्ट भएको छ ।  मंगलवार  राति करिब १० बजे केहि अज्ञात समुहले सेट जलाउनुका साथै केहि गाडिमा तोडफोड गरेका छन् । 
 
घटनाको जिम्मेवारी अहिले सम्म कसैले लिएको छैन । सेट जले पनि चलचित्र  निर्देशक  संजय लीला भंसाली सुरक्षित रहेको बताइएको छ । चलचित्रको सुटिङ  कोल्हापुरको पन्हाला फोर्टको मसाई पठारमा भइ रहेको थियो ।
 
यो भन्दा पहिले राजस्थानको जयपुरमा चलचित्र 'पद्मावती' को सुटिङ क्रममा भंसाली माथि कुटपिट भएको थियो । जयपुरको नाहरगढ़ किल्लामा सुटिङको क्रममा राजपूत करणी सेनाका कार्यकर्ताले  तोडफोड गरेर भंसालीलाई थप्पड लगाएका थिए  ।  सुटिङ क्रममा भंसाली  माथि कुटपिट भएपछि चलचित्रको सुटिङ रोकिएको थियो । 
 
सो सेटमा  हमला गर्नले रानी पद्मावतीलाई चलचित्रमा गलत तरीकाले देखाइएको भन्ने आरोप लगाएका थिए  । चलचित्रमा दीपिका पादुकोण रानी पद्मावती को भुमिकामा रहेकी छन् । त्यस्तै रणवीर सिंह अलाउद्दीन खिलजीको भूमिकामा रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ