arrow

भालुको आक्रमणबाट धामीको मृत्यु

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७३ चैत २ बुधबार
bear.jpeg
बझाङ । भालुको आक्रमणबाट काँडा गाविस ३ धलौनका अख्या धामी भनीने अखे धामीको मंगलवार मृत्यु भएको छ । काँडा गाविस वर्डा नम्बर ३ नजीकै रहेको खाँडा कप्पाल भन्ने जंगलमा भेडा चराउन गएका बेला ३५ बर्षिया धामीलाई भालुले जंगलमै आक्रमण गर्दा ज्यान गएको हो । 
 
खाँडा कप्पाल भन्ने जंगलमा भेडा चराई रहेका बेला भालुले आएर भेडालाई आक्रमण गर्दा हल्लागरि भालु धपाउन खोज्दा भालुले अखे धामीलाई नै आक्रमण गरेपछि उनको घटना स्थलमै मृत्यु भएको मृतका आफन्त मागी बोहराले वताए ।  घटना स्थलमा स्थानीय पुग्न सम्म भालुले मृतक धामीको टाउको, भुडी, छाती सबै खाई सकेको र  हात खट्टा मात्र बाँकी राखेको अवस्थामा सव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
 
 २५० भेडा रहेको धामीका चार भेडालाई समेत भालुले आक्रमण  गरी  मारेको छ । यस अगाडी पनि यसरी भालुको आक्रमणमा भेडा ग्वालाहरु काँडा गाविसमा शिकार हुदै आएका थिए । मृतका ६ बर्षिया छोरा भेडा चराउन संगै जंगल गएका हुदाँ घटना मंगलवार साँझमात्रै थाहा भएको थियो  । भेडा पालन गर्दै आएका मृतक धामीका २ छोरा , एक छोरी र श्रीमती गरी चार जनाको परीवार रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ