arrow

आरआर क्याम्पसमा स्ववियु निर्वाचन गराउन अदालतको आदेश

logo
प्रकाशित २०७३ चैत २ बुधबार
rr-campus2.jpeg
काठमाडौँ । काठमाडौँको प्रदर्शनी मार्गमा रहेको रत्नराज्य लक्ष्मी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। फागुन २३ गते सभापतिका उम्मेदवार तपेन्द्रबहादुर शाहीले दायर गरेको मुद्दामा अन्तरिम आदेश जारी गर्दै सर्वोचले निर्वाचनु भनेको हो । अदालतले विपक्षीको नाममा कारण देखाउ आदेश समेत जारफी गरेको छ । 
 
निर्वाचन आयोगको आचारसंहिताले रोकेको भन्दै जिल्ला प्र्रशासन कार्यालय काठमाडौंले २३ गते तोकिएको निर्वाचन नगराउनको लागि आरआर क्याम्पस प्रशासनलाई निर्देशन दिएको थियो । फागुन १४ गते त्रिभुवन विश्वविद्यालले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउने घोषणा गरे पनि विद्यार्थी संगठनहरुको अनुरोधका कारण १८ गतेका लागि निर्वाचन सारिएको थियो। तर १८ गते पनि निर्वाचन हुन नसेपछि निर्वाचन २३ गतेको लागि सारिएको हो । 
 
सर्वाेच्चका न्यायाधीस इश्वर खतिवडाको एकल इजलासले यस्तो आदेश जारी गरेको हो । १८ गते पनि चुनाव हुन नसकेपछि क्याम्पसमा २३ गते लागि तयारी भएपनि सुरक्षाकर्मीहरुले क्याम्पस प्रमुखलाई नै क्यम्पस परिसर भित्र छिर्न अवरोध गरे पछि त्यस दिन पनि निर्वाचन हुन नसकेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ