arrow

कामदारका समस्या खोज्दै खाडी मुलुक जाँदै सरकार

logo
प्रकाशित २०७३ चैत २ बुधबार
pm-office-and-council-of-ministries.jpeg
काठमाडौँ। सरकारले वैदेशिक रोजगारीमा गएका कामदारको समस्या समाधान गर्न खाडी मुलुक र मलेसियामा घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । 
 
शिविरमा राहदानी नवीकरण, यात्रा अनुमतिपत्र, श्रम सम्झौताको करार अवधि नवीकरण, बिमा नवीकरण, कल्याणकारी कोषको रकम थप लगायत काम गरिनेछ । गत फागुन २३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले वैदेशिक रोजगारीको समस्या समाधान गरी प्रतिवेदन तयार पार्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव टङ्कमणि शर्माको संयोजकत्वमा कार्यदल गठन गरेका छन् । 
 
कार्यदलमा गृह, परराष्ट्र र श्रम तथा रोजगार मन्त्रालयका सहसचिव सदस्य छन् । प्रधानमन्त्रीले शिविर सञ्चालन गरेर भए पनि कामदारको समस्या समाधान गर्न कार्यदललाई निर्देशन दिएका थिए । 
 
कार्यदलले शिविर सञ्चालन गर्न आवश्यक प्रक्रिया सुरु गरेको कार्यदलका आमन्त्रित सदस्य सुशील ढुङ्गानाले जानकारी दिए । कुवेत, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स, बहराइन, ओमान र मलेसिया लगायतका नेपालीको प्रमुख गन्तव्य मुलुकका विभिन्न सहरमा पुगेर शिविरले कामदारका लागि सहजीकरण गर्नेछ । विदेशमा अवैधानिक रुपमा बसिरहेका नेपालीलाई वैधानिक बनाउन तथा त्यहाँ कार्यरत नेपालीको समस्या पहिचान गर्न शिविरले काम गर्ने अपेक्षा गरिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ