arrow

नयाँ संरचनाअन्तर्गत काँग्रेसले थाल्यो नगर भेला

logo
सुनिल शिवाकाेटी,
प्रकाशित २०७३ चैत २ बुधबार
Congres.jpg.jpeg
हेटौंडा । नेपाली काँग्रेस मकवानपुर क्षेत्र नम्बर ३ को आयोजनामा हेटौंडा उपमहानगरपालिकाको नयाँ संरचना अन्तर्गत ४ वडामा भेला सम्पन्न भएको छ । चैत १ गतेदेखि हेटौंडा उपमहानगरको १९ वटै वडामा वडा भेला गर्ने क्रममा काँग्रेसले बुधबार साविकको हेटौंडा १९ र २१ वडा हाल १६ नम्बर वडा र साविकको १७ र १८ वडा हालको १५ नम्बर वडामा संयुक्त भेला गरेको हो ।
 
१६ नम्बर वडामा भएको भेलामा साविक १९ नम्बरका वडा सभापति बलराम पुलामीको सभाध्यक्षता तथा नेपाली काँग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपानेको प्रमूख आतिथ्यतामा भएको थियो । कार्यक्रममा काँग्रेस पार्टी मकवानपुरकी सल्लाहकार रिता खनालले कार्यकर्ताले सोधेको प्रश्नको जवाफ दिएकिथिर्इन्।
 
त्यस्तै, १५ नम्बर वडामा साविक १८ नम्बरका वडा सभापति महारत्न लामाको सभाध्यक्षता तथा निर्वतमान जिल्ला सभापति रघुरमण न्यौपानेको प्रमूख आतिथ्यतामा भेला भएको थियो । यसअघि हिजो चैत १ गते हेटौंडा उपमहानगरपालिकाको साविक २३, २४ र २५ नम्बर हाल १८ नम्बर र साविक २० र २२ हाल १७ नम्बर वडामा वडा भेला भएको थियो ।
 
कार्यक्रममा जिल्लाबाट वडा भेलाका लागि खटिएका प्रतिनिधीहरु प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सल्लाहकारहरु दामोदर सुवेदी, अशोक शाक्य र रिता खनाल, प्रवक्ता प्रदिप कोईराला, जिल्ला सदस्य रामबाबु बानियाँ, ३ नम्बर क्षेत्रीय सभापति तारानाथ चौलागाई, नगर सभापति आनन्दराम पराजुली, ईश्वरलाल श्रेष्ठ, भरत पराजुली, नारायणप्रसाद लम्साल, नेविसंघ जिल्ला अध्यक्ष शिवप्रसाद खतिवडा राजु, रामकृष्ण कोईराला, तरुण दल जिल्ला सचिव सचित थापा, रामप्रसाद अधिकारी, कृष्णप्रसाद सापकोटा, बाबुराम खनाललगायतको उपस्थिति रहेको थियो ।
 
काँग्रेसको हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडा, थाहा नगरको १२ वटै वडा र ८ वटै गाउँपालिकामा चैत १ गतेदेखि ९ गतेसम्म वडा भेला गर्ने र चैत १२ गते जिल्ला भेला गर्ने कार्यक्रम रहेको पार्टीका प्रवक्ता प्रदिप कोईरालाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ