arrow

कञ्चनपुरका ११ हजार विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा दिने

३ सय ३८ विद्यार्थी परीक्षामा सहभागी हुन नपाउने

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७३ चैत २ बुधबार
ji-si-ka-kan.................jpeg
कञ्चनपुर ।  माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइइ) मा कञ्चनपुरका ११ हजार ८२ विद्यार्थीहरु सहभागी हुने भएका छन् । नियमिततर्फ ४ हजार ३ सय ६१ छात्र र ५ हजार ३६ गरी ९ हजार ३ सय ९७ परीक्षार्थीहरुले परीक्षा दिनेछन् । त्यसैगरी  एक्जाम्टेडतर्फ ८० छात्र र १२८ छात्रा सहभागी हुनेछन् । यस्तै आंशिक ग्रेड बृद्धितर्फ ४ सय ८३ छात्र र ९९४ छात्रा गरी जम्मा ११ हजार ८२ विद्यार्थीहरु सहभागी हुने उप– शिक्षा अधिकारी तथा परीक्षा शाखा प्रमुख पुष्कर प्रसाद भट्टले बताए ।
 
जल्ला शिक्षा कार्यालय कञ्चनपुरको तथ्याङ्ग अनुसार यस वर्ष २०७३ को चैत्र ३ गते देखि संचालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइइ) मा ३३८ जना विद्यार्थीहरु परीक्षा दिन पाउने छैनन् । जिल्ला शिक्षा कार्यालय कञ्चनपुरका उप– शिक्षा अधिकारी भट्टले १७६ छात्र र १६२ छात्राहरुले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिन नपाउने जााकारी दिनुभयो । उनीहरुको ७५ प्रतिशत हाजिरी नपुगेका कारण परीक्षा दिनबाट बञ्चित हुनु परेको भट्टले बताए । 
 
परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको शिक्षा कार्यालय कञ्चनपुरले जनाएको छ । उप शिक्षा अधिकारी भट्टले जिल्ला भरीमा ३३ केन्द्रहरुमा परीक्षा हुनेछ । भट्टका अनुसार सबै परीक्षा केन्द्रहरुमा शिक्षा कार्यालयले उत्तरपुस्तिका र प्रश्नपत्र समेत पठाईसकेको छ । 
 
शिक्षा कार्यालयका अनुसार ३३ जना केन्द्राध्यक्ष नियुिक्त गरिएको छ । त्यस्तै ५६ सहायक केन्द्राध्यक्ष  ४७२ निरीक्षक, र २४२ कार्यालय सहयोगी परीक्षामा खटाइएको भट्टले बताए । सुरक्षाका लागि भने आवश्यकता अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइने उनले बताए ।  यस वर्षको माध्यमिक शिक्षा परीक्षा परीक्षा बिहान ८ बजेदेखि शुरु हुने छ । परीक्षा मर्या्दित, भयरहित र शान्त वातावरणमा सम्पन्न गराउनका लागि शिक्षा कार्यालयले अभिभावक, विद्यार्थी, शिक्षक, समाजसेवी लगायत सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
 
जिल्ला शिक्षा कार्यालय कञ्चनपुरको तथ्याङ्ग अनुसार गत वर्षभन्दा यस वर्ष माध्यमिक शिक्षा परीक्षा दिने परीक्षार्थीको सङ्ख्या घटेको देखिन्छ । गत वर्षको एसएलसी परीक्षामा जिल्लाका ४९ संस्थागत र १०५ सामुदायिक गरि जम्मा १५४ विद्यालयका ११ हजार ७०६ विद्यार्थीहरु सहभागि रहेका थिए । जसमध्ये नियमित तर्फ सात हजार ७६४ र एक्जाम्टेड तर्फ तिन हजार ९४२ विद्यार्थी सहभागि भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ