arrow

सरकारी कार्यालयमा ढिलासुस्ती बढ्दो

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७३ चैत २ बुधबार
sarkari....................jpeg
कञ्चनपुर ।  सरकारी कार्यालयबाट प्रदान गरिने सेवा सुविधा ढिलासुस्ती बढ्दै गएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।  बुधबार ईन्सेक धनगढी र मानव अधिकार निगरानी समुह कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवा प्रदायक र सेवाग्रही बीच गरेको जिल्ला स्तरीय अन्तरक्रियामा सहभागीहरुले यस्तो बताएका हुन् । सहभागीहरुले सरकारी निकाय ढिलासुस्ती, अनियमिता र सेवाग्राहीको काममा उदाशीन देखिने प्रवृत्तिका कारण सरकारले प्रदान गरेका सेवा सुविधाबाट बञ्चित हुनु परेको समेत आरोप लगाएका छन् ।
 
बेलौरीका स्थानीय धन बहादुर सार्कीले सरकारी निकायबाट प्रदान गरिएका सेवा सुविधा ग्रामिण स्तरमा प्रभावकारी ढङगबाट नपुगेको बताए । भीमदत्त नगरपालिका–१२ ओदालीका करन सुनाहाले सुनाहा जातिले राज्यबाट पाउने सेवा सुविधा नपाएको र आरक्षित जातिमा सूचीकृत समेत नभएको गुनासो गरे । शंकरपुरका स्थानीय युवा अमर सिह रानाले सरकारी भवन निर्माणमा सरकारी कर्मचारीबाटै अनियमिता र प्रभावकारीहिन काम भएको टिप्पणी गरे ।
 
 मानव अधिकार निगरानी समुह कञ्चनपुरका अध्यक्ष कृष्णसिह देउवाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सहजिकरण इन्सेक कञ्चनपुरका जिल्ला सहजकर्ता कोमलनिरन्जन भाटले गरेका थिए । कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय प्रतिनिधी, सेवाग्राही लगायतको सहभागिता रहेको थियो ।
 
कार्यक्रममा कञ्चनपुररका स्थानीय विकास अधिकारी राजेश पौडेल, जिल्ला जनस्वाथ्य कार्यालयका प्रमुख शिवदत्त भट्ट, जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी पदमराज भट्ट, बालबालिका कार्यालयका नरेन्द्र जोशी लगायतले सरकारी निकायबाट प्रदान गर्ने सेवाका बारेमा बताएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ