arrow

फ्याक्ट्स वर्ष पुस्तकको तेस्रो संस्करणको बिमोचन

logo
प्रकाशित २०७३ चैत २ बुधबार
facts-2017.jpeg
काठमाडौं । फ्याक्ट्सले आफ्नो नयाँ संस्करण २०१७ मा अनावरण गरेको छ । सूचनागत दृश्यचित्र (इन्फोग्राफिक्स)को लागि बितेको वर्षमा विभिन्न क्षेत्रहरुबाट तथ्याङ्क संकलन गरिएको फ्याक्टसका मनिष झाले जानकारी दिए । अत्यन्त सरल र जानकारीमूलक ढङ्गबाट प्रस्तुत गरिएको यस प्रकाशनमा कृषि, अर्थतन्त्र, राजनीति लगायतका कुल १९ खण्डहरु समेटिएका छन् । 
 
यस प्रकाशनले बितेको वर्षमा नेपालको प्रमुख क्षेत्रहरूको को क्षेत्रगत अवस्था र साथ–साथै अन्तरराष्ट्रिय मामिलाको विश्लेषणात्मक चित्रण गरेको छ । विगत दुई वर्षदेखि संस्करणमा निरन्तर आईरहेको पुस्तक कर्पोरेट, सामाजिक, देशको विकास र राजनीतिबीच लोकप्रिय रहेको छ । 
 
पुस्तकको मूल्य रु ३०० राखिएको छ र देशको प्रमुख पुस्तक पसलहरुमा यो पुस्तक उपलब्ध हुनुका साथै यसको e-book वि–रिडको मोबाइल एप्लिकेशनबाट डाउनलोड गरेर पनि पढ्न सकिने झाले बताए । 
 
स्वतन्त्र निजी अनुसन्धानमूलक कम्पनीको रुपमा रहेको फ्याक्ट्सले अनुसन्धान र विश्लेषणात्मक परियोजनाहरु सञ्चालन गर्नुको साथै आफ्नो स्थापनाकाल (२०१२) देखि नै सामाजिक सञ्जाल र छापा माध्यम मार्फत् आमजनताका लागि दैनिक, साप्ताहिक र मासिक रूपमा सूचनामूलक तथ्याङ्कीय चित्रहरू प्रस्तुत गर्ने कार्य जारी राखेको छ । 
 
तथ्याङ्कीय पारस्परीक छलफलहरु र सूचनागत दृश्यचित्र (इन्फोग्राफिक्स) लाई बुझ्नको लागि फ्याक्ट्सले अनलाईन समाचार पोर्टल, दैनिक पत्रिका, मासिक पत्रिका र राष्ट्रिय टेलिभिजनहरुसँग साझेदारी गरेर अघि बढीरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ