arrow

नेपालमै बर्ड फ्लुको नयाँ भाइरस, विश्व स्वास्थ्य संगठन नै झस्क्यो

logo
प्रकाशित २०७३ चैत ३ बिहिबार
bird-flue.jpeg
काठमाडौं । नेपालका पक्षीमा बर्ड फ्लुको नयाँ भाइरस फेला परेको छ । पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागका अनुसार गत फागुन १८ मा इटहरीको शान्ति टोलका पक्षीमा बर्ड फ्लुको नयाँ भाइरस ‘एच५ एन८’ भेटिएको हो ।
 
इटहरीको तालतलैयाका पक्ष र खनार क्षेत्रका कुखुरामा त्यस्तो भाइरस फेला परेको तथ्य नेपालले लुकाए पनि विश्व स्वास्थ्य संगठनले यसको पुष्टि गरेको छ ।
 
यसअघि नेपालमा बर्ड फ्लु ‘एच५ एन१’ भाइरस देखिदैं आएको थियो ।
 
नेपालमा नयाँ प्रजातिको भाइरस देखिएपछि विश्व पशु स्वास्थ्य संगठन र विश्व स्वास्थ्य संगठन सतर्क रहन नेपालीलाई आग्रह गरेका छन् । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ