arrow

राष्ट्रिय परिचयपत्र भदौदेखि, प्राथमिकतामा सिंहदरबारका कर्मचारी

logo
प्रकाशित २०७३ चैत ३ बिहिबार
National-Identity-Card-of-Nepal_.jpg.jpeg
काठमाडौंँ ।  हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गरी सरकारी सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउने उद्देश्यसहित ल्याउन लगिएको राष्ट्रिय परिचयपत्र आगामी छ महिनाभित्र वितरण हुने भएको छ । 
 
राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका इन्जिनियर राम थापाले राष्ट्रिय परिचयको डिजाइनको काम अन्तिम चरणमा पुगिसकेको बताउँदै अबको छ महिनाभित्र राष्ट्रिय परिचय वितरण गरिने जानकारी दिए ।  
 
उनका अनुसार, भदौ महिनाको पहिलो हप्ता सिंहदरबारभित्र कार्यरत सात हजार कर्मचारीलाई परिचयपत्र वितरण गरिनेछ । 
 
राष्ट्रिय परिचयपत्र निर्माणका लागि बोलपत्र आह्वान गरी फ्रान्सको ‘सफरान आइडेन्टिटी एण्ड सेक्युरिटी कम्पनी’ लाई छनोट गरिएको थियो ।  एसियाली विकास बैङ्क एडीबी को झन्डै ८४ करोड रुपियाँ आर्थिक सहयोगमा यो कार्य सञ्चालनमा छ । (गोरखापत्र दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ