arrow

स्थानीय तह कार्यान्वयनमा सहयोग नगर्ने सप्तरीका एलडिओसँग स्पष्टीकरण

logo
प्रकाशित २०७३ चैत ३ बिहिबार
Saptari-hamrakura.jpg.jpeg
काठमाडौँ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह कार्यान्वयनमा असहयोग गरी कार्यालयमा अनुपस्थित भएको जनाउँदै सप्तरीका स्थानीय विकास अधिकारी सुदेवकुमार पोखरेलसँग स्पष्टीकरण सोधेको छ । 
 
मन्त्रालयले स्थानीय तह शासन सञ्चालन सम्बन्धमा जारी गरिएको आदेश, २०७३ अनुसार स्थानीय तहबाट तत्काल सेवा प्रवाहलाई निरन्तरता दिन आवश्यक तयारी गर्नुपर्ने भएकाले सबै स्थानीय विकास अधिकारीलाई जिल्ला÷कार्यालय नछोड्न दिएको निर्देशन पालना नगरेको भन्दै (सचिवस्तरीय निर्णयबाट) पोखरेलसँग स्पष्टीकरण सोधिएको मन्त्रालयका उपसचिव भरतकुमार शर्माले बताए । 
 
मन्त्रालयले गत फागुन २४ गते सबै स्थानीय विकास अधिकारीलाई स्थानीय तहको कार्यान्वयनमा सहजीकरण गर्न आफू कार्यरत जिल्ला÷कार्यालय नछाड्न तथा बिदा÷काजमा भएको भए यथाशीघ्र कार्यालयमा हाजिर हुन निर्देशन दिँदै स्थानीय तह कार्यान्वयन नहुँदासम्म बिदा÷काज स्वीकृत नहुने जनाएको थियो । 
 
“मन्त्रालयले दिएको निर्देशन पालना नगरी लामो समयदेखि हालसम्म के कति कारणले आफू कार्यरत कार्यालय छाडी गैरहाजिर हुनुभएको हो, तपाईंलाई निजामती सेवा ऐन, २०४९ (संशोधनसहित) को दफा ६० को (क) र (घ) मा उल्लेखित अभियोगमा ऐनको दफा ५९ को (क) २ बमोजिम विभागीय सजाय किन नगर्ने, सोको चित्तबुझ्दो कारणसहित सात दिनभित्र स्पष्टीकरण पेस गर्न सूचित गरिन्छ”, जारी सूचनामा भनिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ