arrow

इथियोपियामा फोहोरको थुप्रोमा पहिरो जाँदा भएको घटनामा मर्नेको संख्या ११३ पुग्यो

logo
प्रकाशित २०७३ चैत ३ बिहिबार
ethiopia-landslide.jpeg
अदिस अबाब । इथियोपियाको राजधानी अदिस अबाबा नजिकै फोहोरको थुप्रोमा गत शनिबार गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ११३ पुगेको छ । अझै केही मानिस पुरिएर वेपत्ता भएका छन् ।
 
५० वर्ष बढी समयदेखि फोहोर थुपारिँदै आएको उक्त स्थान फोहरकै पहाड बनेको थियो । पहिरोमा मारिने र पुरिने सबै अस्थायी घर बनाएर बस्दै आएका मजदुर हुन् ।
 
पहिरो गएका बेला त्यहाँ १ सय ५० जना मानिस रहेको बताइएको छ । मजदुरहरुका ३५० बढी वास त्यहाँबाट सारिएको पनि बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ