arrow

सिरहाको मिर्चैयामा आगलागी, एक बालक घाइते

logo
प्रकाशित २०७३ चैत ३ बिहिबार
fire.jpeg
लहान । सिरहाको मिर्चैया नगरपालिका–१० मा बिहीबार बिहान आगलागी हुँदा करिब रु डेढ लाख मूल्य बराबरको क्षति भएको छ भने एक बालक घाइते भएका छन् । मिर्चैया नगरपालिका–१० निवासी भुटाई सदाको घरमा अचानक आगलागी हुँदा सदाको फुसले छाएको घर, घरभित्र रहेका सम्पूर्ण सरसामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 
 
आगोले पोलेर सदाका ८ वर्षीय नाति निरजकुमार सदा घाइते भएको र उनको मिर्चैयास्थित मुकेश मेडिकेयर सेन्टरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । 
 
प्रहरी र स्थानीयवासीको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ