arrow

युएईमा खिचियो रुद्रका गीत

logo
प्रकाशित २०७२ पुष १३ सोमबार
4-(1).jpg.jpeg
युएई । पछिल्लो समय नेपाली गितको म्युजिक भिडियो बिदेशमा छायांकन गर्ने क्रम दिन प्रतिदिन बढिरहेका बेला गायक रुद्र थापा ‘क्षितिज’को ‘चोखो माया लाम’ पप गीत र ‘आफ्नै मान्छे हौ भनेर तिमिलाई कहिले ढाटिन’ आधुनिक गीत युएईको बिभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको छ ।

युवा गायक थापाको स्वर सजिएको ‘चोखो माया लाम’ पप गीतमा लक्ष्मण थापा मगरको शब्द र बिजु बज्राचार्यको संगीत रहेको छ, भने सो गीतलाई नितिन चन्दले निर्देशन गरेका छन् । भिडियोमा यूएईमा कार्यरत नेपाली मोडलहरु भुवन मगर, धिरेन कुवर, नम्रता तामाङ, जोया लामा, जोहन रायमाझी, बिरेन मगर, ज्ञान पुनको अभिनय रहेको छ ।

गायक थापाकै अर्को गीत ‘आफ्नै मान्छे हौ भनेर तिमिलाई कहिले ढाटिन’ आधुनिक गीतमा लक्ष्मण थापा मगरको शब्द, बिजु बज्राचार्यको संगीत रहेको छ भने सो गीतलाई पनि नितिन चन्दले नै निर्देशन् गरेका छन् । भिडियोमा मोडलहरु क्रमश बिनोद केसी ‘बिन’, जोया लामा र सुगम बस्नेतको अभिनय रहेको छ ।  

गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका वडा न १२ मा जन्मिएका थापा बाल्यकाल देखि नै सांगीतिक क्षेत्रमा धेरै रुचि रहेको र बिद्यालयमा हुने प्राय सबै गायन प्रतिस्पर्धामा प्रथम हुने गरेको बताउँन् । २०५८ सालमा एसएलसी उतिर्ण गरेर अगाडिको पढाईका लागि काठमाडौ छिरेका थापा रत्न राज्य क्याम्पसमा संगीत बिषय लिएर बिएसम्मको अध्यन गर्नुका साथै साधना कला केन्द्र कमलादीबाट डेढ बर्ष बरिष्ट संगीतकार गुरु प्रकाश गुरुङसँग संगीत अध्ययन गरेका थिए । उनी नेपाली आईडियल २०६९ को गायन प्रतिस्पर्धामा टप १० सम्म पुग्नु सफल भएका थिए । 

 २ बर्ष पहिले तीज धमाका२०१३ साँस्कृतिक कार्यक्रममा भाग लिन यूएई आएका गायक थापा घर नफर्केर यतै जागिर गर्दै आएका छन्, प्रबासमै बसे भए पनि गीत संगीतमा केहि गर्नु सकिन्छ भन्ने सोच भएका थापा हप्तामा ६ दिन १२ घन्टा काम गरेर बाँकी बचेको समयलाई सहि सदुपयोग गरी गीत संगीत क्षेत्रमा लगाई रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ