arrow

पूर्वमन्त्री ढुङ्गेलको निधनपछि काँग्रेसले जारी गर्यो यस्तो विज्ञप्ती

logo
प्रकाशित २०७३ चैत ३ बिहिबार
congress-office.jpg.gif
काठमाडौं । नेपाली कांग्रेस रामेछापका महासमिति सदस्य, पूर्व सभापति एवं पूर्व कृषि सहायक मन्त्री रामहरि ढुंगेलको बिहीबारविहान डिल्लीबजार स्थित आफ्नै डेरामा सुतिरहेको अवस्थामा निधन भएको प्रति नेपाली काँग्रेसले दुख व्यक्त गरेको छ । वि।सं। २०१३ सालमा रामेछापको पकरवास गा।वि।स।मा जन्मिएर पञ्चायती व्यवस्था विरुद्ध नेपाली कांग्रेसले संचालन गरेको संघर्षहरुमा तथा नेपालमा लोकतन्त्र स्थापना र पुनर्स्थापनाका हरेक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका ढुंगेलको निधनप्रति पार्टी सभापति शेरबहादुर देउवाले गहिरो दुख व्यक्त गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ । 
 
स्वर्गीय ढुंगेलले नेपाल विद्यार्थी संघ र नेपाली कांग्रेस रामेछापको सदस्य, सचिव र सभापति लगायतका विभिन्न पदमा रहेर कार्य गरेका थिए। लोकतन्त्रको पक्षमा क्रियाशील रहँदा उनले कयौं पटक जेलजीवन समेत व्यतित गरेको कुरा पनि विज्ञप्तीमा उल्लेख छ । वि।सं। २०५६ को आमनिर्वाचनमा स्वर्गीय ढुंगेल नेपाली कांग्रेसको तर्फबाट रामेछापको क्षेत्र नं। २ बाट सांसद पदमा निर्वाचित भएका थिए। स्व। गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वमा रहेको मन्त्रिपरिषद्मा उनी कृषि सहायक मन्त्री भएका थिए। 
 
विज्ञप्तीमा सभापति देउवालार्इ उद्दृत गर्दै भनिएको छ “नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापनामा सक्रिय भूमिका निर्वाह गर्नु भएका नेपाली कांग्रेस रामेछापका महासमिति सदस्य, पूर्व सभापति एवं पूर्व कृषि सहायक मन्त्री रामहरि ढुंगेलको निधनको खबरले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ । नेपालको संविधान कार्यान्वयनको चरणमा भएको उहाँको निधनले नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको छ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।” 
 
उनको पार्थिव शरीरलाई आजै पोष्टमार्टम गरिने कार्यक्रम रहेको छ । पोष्टमार्टम पश्चात उहाँको पार्थिव शरीर आज अपरान्ह २:०० बजे श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा राखिने कार्यक्रम रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ