arrow

घर बनाए मात्रै पाईन्छ पैसा, ६८ घरधुरीले बुझे तेस्रो किस्ताको रकम

logo
प्रकाशित २०७३ चैत ३ बिहिबार
Bhukampa-punarnirman.jpg.jpeg
काठमाडौं । भूकम्पबाट अति प्रभावित मध्येको दोलखा जिल्लामा सरकारी मापदण्ड र प्रक्रिया पुरा गरी भूकम्प प्रतिरोधी घर पुनर्निर्माण गरिरहेका ६७ घरधुरीले तेस्रो किस्ताको आवास अनुदान रकम समेत प्राप्त गरेका छन् । भूकम्प अति प्रभावित १४ जिल्लामा कतिपय घरधुरीले पहिलो किस्ताको अनुदान रकम बुझेर पनि घरको पुनर्निर्माण शुरु नगरेको गुनासो आइरहेका बेला दोखलामा भने पुनर्निर्माण प्रक्रियाले तिव्रता पाएको हो । प्राधिकरणले पहिलो किस्ता लिएर मापदण्ड बमोजिम घर बनाएकाहरुले मात्रै दोस्रो किस्ताको रकम पाउने व्यवस्था गरेको थियो ।
 
जिल्लामा दोस्रो किस्ता लिएका २ सय ५८ घरधुरी मध्ये सरकारी मापदण्ड र प्रक्रिया पुरा गरेर घर बनाइरहेका ६७ घरधुरीलाई तेस्रो किस्ता वापतको एक लाख रुपैया समेत बितरण गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । तेस्रो किस्ता लिएर घर बनाउनेहरुमा जिल्लाका क्षेत्रपा, जुनगु, काभ्रे र नाम्दु गाविसका बासिन्दा छन् । तेस्रो किस्ताको थप एक लाख रुपैया लिएका उनीहरुले घरको पुनर्निर्माणको प्रक्रियालाई अन्तिम चरणमा पु¥याएका छन् । 
 
सरकारले भूकम्प प्रभावित जिल्लामा पहिलो किस्ता ५० हजार रुपैया लिएर घरको जग हाल्नेलाई दोस्रो किस्ता एक लाख ५० हजार र तेस्रो किस्ता वापत एक लाख रुपैया आवास निर्माणका लागि अनुदान दिइरहेको छ । 
 
प्राधिकरणले पहिलो किस्ता लिएर घरको जग हालिसकेका परिवारलाई प्राविधिक निरीक्षण गराई दोस्रो किस्ताको अनुदान लिन आह्वान गरिसकेको छ । प्राधिकरणले दोस्रो किस्ता  वापतको रकम जिल्ला पठाइसकेपनि लाभग्राहीहरुले उक्त रकम लिन आवश्यक प्रक्रिया पुरा गरेका छैनन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ